Print

कालीगण्डकी नदीमा खसेर बालक वेपत्ता

१५ जेठ, पर्वत । जलजला गाउँपालिका–३ कालीपुलस्थित कालीगण्डकी नदीमा खस्दा एक बालक बेपत्ता भएका छन्। बिहिवार दिउँसो करिब ३ बजे पानी लिन गएका रुपन्देही रोहिणी गाउँपालिका–१ घर भई हाल म्याग्दी बेनी–८ कालीपुल बस्दै आएका दुर्गेश कुमार मल्लका ६ वर्षीय छोरा प्रियान्सु सहनी चिप्लिएर नदीमा खसेका हुन्।

घटनाबारे खबर पाएलगत्तै प्रहरी चौकी वारीबेनीबाट टोली परिचालन गरी खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ।