२४ माघ, पर्वत । छैटौं पटक प्रतिनिधि सभाको निर्वाचनमा उमेदवार बनेका नेपाली कांग्रेसका केन्द्रिय सदस्य पर्वतको उत्तरी क्षेत्रका विभिन्न वडाहरुको घरदैला सकेर यति बेला सुदुर दक्षिण क्षेत्रमा पुग्नुभएको छ । संविधान सभका सदस्य समेत रहेका जोशी आफ्नो चुनावी अभियान अन्तर्गत पैयू गाउँपालिकाका स्थानीयबासीसंग भेटघाटमा हुनुहुन्छ ।
आगामी फागुन २१ गते हुने निर्वाचनका नेपाली कांग्रेसको तर्फबाट उमेदवार बन्नुभएका जोशी घरदैलो तथा जनसम्पर्क भेटघाट अन्तर्गत पैयू गाउँपालिकाका विभिन्न वडाहरुमा पुग्नु भएको हो ।
यहि वीच नेपाली कम्युनिष्ट पाटीका उमेदवार मनोहरी तिमिल्सीना समेत पर्वतको दक्षिण क्षेत्रको घरदैलोमा हुनुहुन्छ । रास्वपाका उमेदवार सागर पनि यति बेला चुनावी घरदैलो अभियानमा पर्वतको फलेवास क्षेत्रका वडाहरुमा ब्यस्त रहनुभएको छ ।




