Print

निर्वाचन लक्षित एमालेका नगर तथा गाउँ कमिटि वैठकहरु धमाधम चल्दै


२४ माघ, पर्वत । आगामी प्रतिनिधि सभा निर्वाचन लक्षित नेकप (एमाले) का गाउँ तथा नगर स्तरीय विस्तारीत वैठकहरु धमाधम सञ्चालनमा आएको छन् । शनिवार मात्रै फलेवास नगर कमिटिको वैठक सम्पन्न भएको छ । यो संगै जिल्लाका सवै जसो पालिकाहरुले निर्वाचन लक्षित वैठकहरु सम्पन्न गरेका छन् ।

आगामी फागुन २१ गते हुने निर्वाचनलाई परिचालन गर्नका लागि नगर तथा गाउँ कमिटिका वैठकहरु एमालेले सञ्चालन गरेको हो । यहि वीचमा नेकपा (एमाले)ले का वडा कमिटिका वैठकहरु पनिसंगै सञ्चालनमा रहेको जिल्ला अध्यक्ष गोविन्द पहाडीले जानकारी दिनुभयो ।

फलेवास नगर कमिटिका अध्यक्ष देविप्रसाद तिमिल्सीनाको अध्यक्षतमा वसेको फलेवास नगरकमिटिको वैठकमा एमाले प्रदेश उप सचिव मञ्जु अधिकारी, जिल्ला अध्यक्ष गोविन्द पहाडी, पूर्व जिल्ला अध्यक्ष तथा संविधान सभा सदस्य विकास लम्साल, पूर्व उपाध्यक्ष पदमपाणी शर्मा लगाएतले सम्बोधन गर्नुभएको थियो ।

उता नेपाली कांग्रेसले भने जिल्ला कमिटिको वैठकबाट कार्य योजना र जिम्मेवारी प्रदान गरी चुनावी अभियानमा होमिएको छ । नेपाली कम्युनिष्ट पाटी र राष्ट्रिय स्वतन्त्रता पाटी पनि यति बेला निर्वाचनमा होमिएका छन् । रास्वपाले भने केहि वडाहरुमा वडा सम्पर्क कार्यालयको स्थापना गरीरहेको छ ।

आगामी फागुन २१ गते हुने निर्वाचनका लागि नेकपा (एमाले)को तर्फबाट पदम गिरी उमेवार बनेका छन् भने नेपाली कांग्रेसको तर्फबाट अर्जुन जोशी चुनावी मैदानमा छन् । नेकपाले मनोहरी तिमिल्सीनालाई उमेदवार बनाउँदा रास्वपाको तर्फबाट सागर भुषाल चुनावी मैदानमा छन् ।

मुख्य गरी ४ दल वीचमा नै हुने उक्त प्रतिस्पर्धा आफ्नो पहूँचमा पार्न यति बेला सवै उमेदवारहरु घरदैलो अभियानमा सक्रिय छन् ।