Print

पर्वतमा उमेदवारहरुले शुरु गरे घरदैलो र चुनावी अभियान


१६ माघ, पर्वत । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि पर्वत जिल्लाका उमेदवारहरुले चुनावी अभियान शुरुवात गरेका छन् । प्रतिनिधि सभा निर्वाचनका लागि उमेदवार बनेका मुख्य ४ राजनैतिक दलका उमेदवारहरुले निर्वाचित लक्षित अभियानको शुरुवात गरेका हुन् ।

विहिबार देखि एमालेका तर्फबाट उमेदवार बनेका पूर्व मन्त्री पदम गिरीले आफ्नो गृह वडा दुर्लुङबाट चुनावी अभियानको औपचारिक शुरुवात गरेका छन् । भने नेपाली कांग्रेसको तर्फबाट उमेदवार बनेका पूर्व सांसद तथा संविधान सभा सदस्य अर्जुन जोशी कुश्मा नगरपालिकाका विभिन्न वडाहरुमा पुगेर चुनावी अभियानमा जुटेका छन् ।

नेपाल कम्युनिष्ट पाटीका उमेदवार मनोहरी तिमिल्सीना भने गृह वडा राम्जाबाट आफ््नो चुनाव लक्षित अभियानको शुरुवात गर्दैै विभिन्न वडाहरुमा चुनावी अभियानहरु सञचालन गरीरहेका छन् । राष्ट्रिय स्वतन्त्र पाटीका उमेदवार सागर भुषालले गृह वडा देविस्थानबाट आफ्नो चुनावी कार्यक्रमहरुको शुरुवात गरेका छन् ।