१६ माघ, पर्वत । नेकपा (एमाले) जिल्ला कमिटि सदस्य पदमा थप ११ जना मनोनीत भएका छन् । नेकपा एमालेको पुष १० गतेको वैठकले थप ११ जना जनालाई जिल्ला कमिटि सदस्यमा मनोनित गरेको एमाले पाटी सचिव सुवासचन्द्र पौडेलले जानकारी दिनुभयो ।
एमालेले भिर्नि झोलाका गायक तथा प्रेस चौतारी पर्वतका पूर्व अध्यक्ष कृष्ण अखेली सहित ११ जना सदस्यलाई जिल्ला कमिटि सदस्यमा मनोनीत गरेको हो ।
एमालेले मोदी गाउँपालिकाबाट कुमारी पुन, तेजबहादुर क्षेत्री, कुश्मा नगरपालिकाबाट शिवलाल सार्की, , मिन प्रसाद श्रेष्ठ, हरीओम लामिछान, नवराज गिरीे, रुद्र सुवेदी, देवीप्रसाद अधिकारीलाई मनोनित गरेको छ । ययसैगरी एमालेले जलजला गाउँपालिकाबाट बाबुराम कार्की र महाशिलाबाट पूर्णबहादुर मल्ललाई मनोनीत गरेको छ ।




