Print

पर्वतका भवानी शर्मा कृषि रियालिटी शो को ‘टप–थ्रि’ मा


२५ पौष, पर्वत । विश्वकै पहिलो कृषि रियालिटी शो क्रान्तिकारी कृषि युद्ध (RAW – Revolutionary Agriculture War) उत्कृष्ट ३ जना ‘टप थ्रि’ मध्ये पर्वतका भवानी प्रसाद शर्मा पर्नुभएको छ ।

पत्रकारिताबाट आफ्नो करिएर शुरु गर्नुभएका शर्मा पछिल्लो समय पत्रकारितालाई बिट मारेर कृषि क्षेत्रमा सक्रिय हुनुहुन्थ्यो । पर्वत जिल्लाको परिचयको रुपमा रहेको कफी खेतीलाई प्रवद्र्धन गर्नका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका शर्मा देश भरका १६ सय भन्दा बढि ब्यवसायीक कृषक तथा कृषि उद्यमीहरु मध्ये उत्कृष्ट ३ जनामा पर्नुभएको छ ।

उत्कृष्ट ३ जना भित्र परे पछि मनभित्र असीम खुसी, गर्व र जिम्मेवारीको भाव एकसाथ अनुभूत भइरहेको बताउनुभयो । उहाँले भन्नुभएको छ- “यो प्रतिस्पर्धा केवल प्रतिस्पर्धा होइन, नेपाली कृषि क्षेत्रको सम्भावना, नवप्रवर्तन र आत्मनिर्भरताको आवाजलाई राष्ट्रिय मात्र होइन, अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने साहसिक अभियानको रूप लिएको छु।”

कफी खेतीको उत्पादन देखि बजारीकरणसम्मका प्रविधिहरुमा आफै क्रियाशिल रहनुभएका शर्मा जिल्लाका कफी क्षेत्रको अगुवा कृषक हुनुहुन्छ । उत्पादन देखि बजारीकरणसम्मका अभियानहरुमा नवप्रवर्तनका कार्यहरु मार्फत कृषि क्षेत्रमा योगदान पुरारहनु भएका शर्मा पर्वत जिल्लाका अग्रज पत्रकार समेत हुनुनुहन्छ ।

तीन जना प्रतिस्पर्धी मध्ये आफूलाई उत्कृष्ट बनाउने यात्रालाई सफलतापूवर्क पार लगाउने भन्दै उहाँले आयोजक संस्थाको परिकल्पनालाई साकार बनाउन, नेपाली कृषि क्षेत्रमा विश्वसामु नयाँ इतिहास रच्ने संकल्पका साथ अगाडि बढ्न सम्पूर्ण पक्षबाट निरन्तर साथको अपेक्षा समेत गर्नुभएको छ ।