१९ पौष, पर्वत । नेपाली सुगम संगीतका ख्यातीप्राप्त गायक प्रमोद खरेलले आज आठौं पर्वत महोत्सवमा आफ्नो प्रस्तुती राख्दैछन् । महोत्सवको आज अन्तिम दिन खरेलको प्रस्तुतीसंगै पर्वत महोत्सव सकिदैछ ।
आधुनिक गीतहरुको क्षेत्रमा युवाहरुको माझ लोकप्रीय प्रमोद खरेलको गीत आज पर्वत महोत्सवको साँझमा प्रस्तुत हुने पर्वत उद्योग बाणिज्य संघका प्रेस सल्लाहकार सन्तोष थापाले जानकारी दिनु्भयो । थापाका अन्ुसार महोत्सवका विशेष आकर्षणको रुपमा आज खरेलले आफ्नो प्रस्तुती राख्नुहुनेछ ।
पर्वतको कुश्मा बजारमा जारी आठौं पर्वत महोत्सवमा अपेक्षाकृत सफलता प्राप्त भएको संघका अध्यक्ष ठाकुर विश्वकर्मा पौडेलले जानकारी दिनुभयो । महोत्सवले आन्तरीक पर्यटन प्रर्वद्धनसंगै ब्यापारमा समेत सहयोग पुराएको दावी गरिएको छ ।




