Print

समानुपातिक उमेदवारमा पर्वत : कांग्रेसबाट मल्ल, एमालेबाट चापागाई र पौडेल


१८ पौष, पर्वत । पर्वत जिल्लाबाट आसन्न फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसबाट १ जना र एमालेबाट २ जना समानुपातिक उमेदवार बनेका छन् । कांग्रेसले पेश गरेको बन्द सुचिमा पर्वतको महाशिलाकी सृजना मल्ल परेकी छिन् । उनी नेपाली कांग्रेसका विद्यार्थी संगठन नेपाल विद्यार्थी संघको केन्द्रिय सदस्य हुन् ।

यसैगरी पर्वत जिल्लाबाट नेकपा (एमाले) ले भने २ जनालाई समानुपातिकको बन्द सुचिमा समावेश गरेको छ । एमालेले नेकपा एमालेका केन्द्रिय सदस्यद्धय कल्पना चापागाई र मनोहर वि. पौडेललाई समानुपातिक बन्द सुचिमा समावेश गरी उमेदवार बनाएको हो ।