११ मंसिर, पर्वत । सरकारले आउँदो फाल्गुन २१ गते प्रतिनिधि सभा सदस्यको निर्वाचनको मिती तोकेपछि पर्वतमा ४ हजार ५ सय ४८ जना मतदाता थपिएका छन । गएको असोज सम्म अध्याबधिक भएको मतदाता संख्या १ लाख २१ हजार ४ सय ५४ जना रहेकोमा असोज पछि निर्वाचनको मिती तोकीएपनि थप ४६ सय मतदाता नामावली संकलन भएको हो ।
निर्वाचनको मिती तय भएपनि जिल्ला निर्वाचन कार्यलयमा आएर मतदाता नामावली दर्ता गराउने ११ सय ६२ जना रहेका हु्न भने जिल्ला प्रशासनको राष्ट्रिय परिचय पत्र र अनलाईन फर्म भरेर ३३ सय ८७ जनाले मतदाता नामावली दर्ता गराएका हुन । कार्यलयका सुचना अधिकारी ज्ञानेन्द्र प्रसाद शर्माले निर्वाचन आयोग तथा जिल्ला निर्वाचन कार्यलय आउँदो प्रतिनिधि सभाको निर्वाचन गराउन सम्पुर्ण तयारीमा जुटेको बताए ।
प्रतिनिधि सभा २०७९को निर्वाचनमा पर्वतको मतदाता नामावली मा मतदातको संख्या १ लाख २२ हजार ६ सय ४९ रहेको थियो भने गएको असोजमा अध्यावधिक हुँदा मृत्यु भएका र वसाई सरेका घटेर १ लाख २१ हजार ४ सय ५४ जना मतदाता कायम रहेकोमा निर्वाचनको मिति तोकीएपछि ४ हजार ५ सय ४८ जना मतदाता थपिएका हुन ।
पर्वतमा २०७९ को निर्वाचनमा मतदान केन्द्र ७४ मतदान स्थल १ सय ४८ रहेका थिए पनि यस पटक मतदान स्थालको संख्या बढाइएको छ । जसमा मतदान स्थल , ७६ मतदान केन्द्र १ सय ४८ रहेका हुन ।




