Print

कुश्माका ६ वटा वडामा मुख स्वास्थ्य परियोजना


१२ मंसिर, पर्वत । जिल्लाको कुश्मा नगरपालिकाका ६ वटा वडाहरुमा मुख स्वास्थ्य परियोजना लागू सञ्चालनमा आएको छ । विद्यालय र समुदायमा सञ्चालन हुने यस्तो परियोजनाले मानिसको स्वास्थ्य सचेतनामा अभिबृद्धि हुने कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले बताउनुभएको छ । नगरपालिकामा आयोजीत परियोजनाको वैठकमा बोल्दै जोशीले नगरपालिकाले स्वास्थ्य क्षेत्रमा आवश्यक पर्ने बजेट उपलब्ध गराउन तयार रहेको बताउनुभयो ।

विद्यार्थीहरुको स्वास्थ्य अवस्था सबल हुँदा मात्रै उनीहरुको अध्ययन यात्रा सफल हुने भन्दै जोशीले परियोजनाको सफल कार्यान्वयन हुनुपर्ने धारणा ब्यक्त गर्नुभयो । जिभाए नेपालसंगको आर्थिक साझेदारीमा नगरपालिकामा उक्त परियोजना सञ्चालन हुने भएको हो ।

परियोजनाका कार्यक्रम संयोजक सरस्वती पुुरीले बार्षिक प्रगति विवरण सहित आगामी कार्यक्रमको बारेमा प्रस्तुत गर्नुभएको थियो । स्वास्थ्य सचेतना अभिबृद्धि गर्ने यस्ता प्रकृतिको कार्यक्रम सफल र सार्थक रहेको भन्दै प्रमुख प्रशासकीय अधिकृत घनश्याम गौतमले परियोजना नगरका सवै वडाहरुमा लागू गर्न सके अझ धेरै राम्रो हुने धारणा राख्नुभयो ।
स्वास्थ्य शाखा प्रमुख याम प्रसाद पौडेलले कार्यक्रमको सञचालन गर्नुभएको थियो ।