Print

मानसिक रोगको उपचार वस्ती स्तरमै पुराउँछौं : स्वास्थ्य मन्त्री पाठक


३० कार्तिक, कास्की । गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री कृष्ण पाठकले मानसीक रोगको उपचार वस्तीस्तरमै पुराउने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ । पोखरामा आयोजीत १ दिने मानसिक स्वास्थ्य सम्बन्धी बहुपक्षिय सरोकारवार वीचको कार्यशाला गोष्ठि कार्यक्रमम मन्त्री पाठकले यस्तो प्रतिबद्धता ब्यक्त गर्नुभएको हो ।

गण्डकी प्रदेश अन्तर्गतका केहि अस्पतालहरुमा मात्रै उपचार हुँदै आएको मानसीक रोगको उपचार तल्लो स्तरसम्म पुग्न नसकेकोमा मन्त्री पाठकले चिन्ता ब्यक्त गर्नुभयो । उहाँले प्रदेश मातहतका कार्यालयहरुबाट समेत विनियोजीत बजेटहरु खर्च हुन नसकेको कुरा उल्लेख गर्दै आगामी दिनमा मानसिक स्वास्थ्य रोगको उपचारलाई केन्द्र विन्दुमा राखेर उपचारका कार्यक्रमहरु लागू गर्ने बताउनुभयो ।

विशेषज्ञ सेवाको माध्यमबाट मानसीक रोगको उपचार सेवा सञ्चालनको तयारी कतिपय अस्पतालहरुमा भईरहेको समेत मन्त्री पाठकले उल्लेख गर्नुभयो । मन्त्री पाठकले अहिले प्रदेश सरकारले अस्पतालहरुको क्षमता विस्तारको काम र दरबन्दी बमोजीमका स्वास्थ्यकर्मीहरु खटाउने काम गरीरहेको जानकारी दिदै मानसीक स्वास्थ्यको उपचार नहुने अस्पतालहरुमा यो रोगको उपचारको प्रवन्ध गरिने समेत बताउनुभयो ।

मन्त्री पाठकले पछिल्लो समय मानसीक स्वास्थ्यको समस्या बढ्दै गईरहेको समेत बताउनुभयो । धेरै मानिसहरुमा यो समस्या रहेपछि बाहिर सार्वजनिक नभएको उहाँको भनाई छ । डिप्रेसन र एन्जाटिकका विरामीहरु बढ्दै गएको भन्दै स्वास्थ्य मन्त्रालयका निमिक्त सचिव डा. रमेश कुमार केसीले यो रोगको निदान अवको आवश्यकता रहेको औल्याउनुभयो ।

पछिल्लो समय मानसीक रोगीहरुको संख्या बढेको उहाँको भनाई छ । गत बर्ष मात्रै गण्डकी प्रदेशमा ६४८ जनाले आत्महत्या गरेको भन्दै यसको मुख्य कारण नै मानसीक रोग रहेको डा. केसीको भनाई छ । प्रदेश भित्र गरिएको एक अध्ययनले कुल २७ प्रतिशत मानिसमा कुनै न कुनै प्रकारको मानसीक रोग रहेको डा. केसीको भनाई छ ।

१ दिने कार्यशाला गोष्ठिमा विभिन्न क्षेत्रका ब्यक्तिहरुले आफ्नो धारणा राखेका थिए । कोशिशसंगको समन्वयमा उक्त कार्यक्रमको आयोजना गरिएको हो ।