३० असोज, पर्वत । आगामी कार्तिक १ गते कुश्मामा द एक्स सांगेतिक समूहको प्रस्तुती हुने भएको छ । पर्वतको सदरमुकाम कुश्मा स्थित शिवालय युवा विकास मञ्चले यस दशै तथा तिहारकोअवसरमा भव्य लाइभ कन्सर्ट आयोजना गर्ने भएको हो। स्थानीय संस्कृति, कला र मनोरञ्जनलाई प्रवर्द्धन गर्ने उद्देश्यले कन्सर्ट आयोजना गर्न लागेको मञ्चका अध्यक्ष सविधान गिरीले जानकारी दिनुभयो ।
बान्द्रेवेणी चौर संरक्षण हाम्रो अभियान, प्रकृती,संस्कृति र भविष्य का लागि हाम्रो संकल्प भन्ने नाराका साथ मन्चले कार्तिक १ गते कन्सर्टको आयोजना गरेको हो ।
कार्यक्रममा स्थानीय तथा राष्ट्रियस्तरका ख्यातिप्राप्त ब्याण्ड द एक्स, रिडम म्युजिक ग्रुपसंगै अन्य कलाकारहरूको प्रस्तुति रहनेछ। कार्यक्रममा नेपाल आइडलका विजेता गंगा सोनाम, डान्सर र गायक दिपेन्द्र सोनामको समेत प्रस्तुती रहनेछ । कार्यक्रम मार्फत संकलित रकम सामाजिक तथा सामुदायिक विकासका विभिन्न क्षेत्रमा खर्च गरिने आयोजकले जनाएको छ । साथै
कार्यक्रमको तयारी तिब्र भईरहेको संस्थाका सचिव अभिलाष गिरीले बताउनुभयो । पर्वतसंगै म्याग्दी र बागलुङका दर्शकहरुलाई समेत लक्षित गरी उक्त कार्यक्रमको आयोजना गरिएको हो । आयोजकले यस अघि असोज ११ गते राखेको कार्यक्रम देशको राजनैतिक ब्यवस्था परिर्वतनका कारण स्थगीत भएको थियो ।




