Print

पर्वतको मौसम सफा


१९ असोज, पर्वत । देशभरको मौसम प्रतिकुल बन्दै गईरहेको बेलामा पर्वत जिल्ला र यस आसपासको मौसम आइतबार विहानसम्म सफा रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले भिषण बर्षात हुने भन्दै सतर्क गराईरहेको बेलामा पर्वत जिल्ला र यस आसपासका जिल्लाहरुको मौसम भने आइतबार विहानसम्म प्रतिकुल नदेखिएको हो ।

आटिघोप्टे बर्षातका कारण देशका विभिन्न जिल्लाको जनजीवन भने प्रभावित बनिरहेको छ । शनिवार मात्रै सडक यातायातसंगै हवाई यातायात समेत प्रभावित भएको थियो । निरन्तरतको बर्षातका कारण अधिकांश खोला तथा नदीहरुको बहावमा उच्च बृद्धि भएको छ । एता, पर्वत जिल्ला हुँदै बहने कालीगण्डकी नदी र मोदी खोलाको बहावमा भने अनेपेक्षित बृद्धि भईरहेको छैन् ।

सरकारले भिषण बर्षात हुने भन्दै आइतबार र सोमबार सार्वजनिक विदा समेतको घोषणा गरेको छ । यसै वीच पर्वतको कुश्मा बजार हुँदै छुट्ने रात्री सेवाका लामो दुरीका सवारी साधनहरु शनिवार साँझ भने छुटेका छैनन् । मौसम प्रतिकुल हुने पूर्वानुमान भईरहेको बेलामा पर्वत र यस आसपासका जिल्लाहरु बागलुङ, म्याग्दी, कास्की र स्याङजामा अहिलेसम्म प्रतिकुल मौसमका कारण कुनै पनि क्षति भइसकेको छैन् ।

यसै वीच पर्वतको जिल्ला प्रशासन कार्यालयले समेत सतर्कता अपनाउन तथा लामो दुरीको यात्रा नगर्न भन्दै एक अपील जारी गरीसकेको छ ।