Print

भूमि बैंक मार्फत रोजगारीको सृजना गर्नुपर्छ : अध्यक्ष गुरुङ


२१ जेठ, पर्वत । विहादी गाउँपालिकाका अध्यक्ष परविन गुरुङले भूमि बैंकको अबधारणा अघि सार्नु भएको छ । गाउँपालिका भित्र बाँझो रहेका जग्गाहरुलाई भूमि वैंकमा समेटेर रोजगारीका अवसरहरुको सृजना गर्ने अवधारणा अध्यक्ष गुरुङले अघि सार्नुभएको छ ।

गाउँपालिका अध्यक्ष गुरुङले बसाईसराईका कारण बाँझो रहेका जग्गाहरुको सदुपयोग गर्नुपर्ने अवधारणा अघि सार्दै रोजगारी बाँझो जमिन घटाई खेतीयोग्य जमितको क्षेत्रफल विस्तार गर्ने तथा कृषकहरुको बमनोबललाई उच्च राखि बाँझो जमिनको उपयोग भूमि बैंक मार्फत गरिने बताउनुभएको छ । भूमि बैंक सम्बन्धि कार्यविधि कार्यपालिकामा पेश भएको र आगामी गाउँ सभाले त्यो कार्यविधि पास गरेपछि लागू हुने उहाँले जानकारी दिनुभयो ।

गाउँपालिकाको वा न ४ वहाकीमा आयोजीत सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै अध्यक्ष गुरुङले भूमि वैंक लागू भएपछि केहि बर्षमा धेरै जनाले रोजगारी प्राप्त गर्ने दाबी गर्नुभयो । उहाँले अर्को एक प्रशंगमा अवको आवश्यकता पूर्वाधार निर्माण भन्दा बढि रोजगारीको अवसर सृजना गरेर गाउँमा नै बस्ने वातावरण बनाउनु रहेको बताउनुभयो । कुकाठको बिक्री, सेनेटेरी प्याडको उत्पादन, जुत्ता, टाई तथा अन्य आयातजन्य वस्तुहरुको उत्पादन गाउँमा नै गर्न सकिने बताउँदै रोजगारीको सृजना विना गाउँमा सम्बृद्धि नआउने धारणा ब्यक्त गर्नुभयो ।