Print

विश्व वातावरण दिवसको अवसरमा बिहादीमा बक्तृत्वकला तथा विचार गोष्ठि हुँदै


१९ जेठ, पर्वत । जिल्लाको विहादी गाउँपालिकामा पालिका स्तरीय वक्तृतत्वकला प्रतियोगीता तथा विचार गोष्ठिको आयोजना गरिएको छ । जुन ५ गते अर्थात जेठ २२ गते विश्व वातावरण दिवसको अवसरमा पालिका स्तरीय वक्तृत्वकला प्रतियोगीता तथा जलवायू परिर्वतनका विषयमा विचार गोष्ठिको आयोजना गरिएको हो ।

जलवायू परिर्वतनको असर ः वातावरण जोगाउन नराखौं कुनै कसर विषयमा आयोजना हुने वक्ृतत्वकला प्रतियोगीतामा गाउँपालिकाका माध्यमिक तहका ८ वटा विद्यालयहरुका १६ जना सहभागीता जनाउनेछन् । कार्यक्रमको सोहि दिन जलवायू परिर्वतनका विषयमा विचार गोष्ठि तथा विविध सांस्कृतिक कार्यक्रमहरुको समेत आयोजना गरिएको छ ।

विहादी गाउँपालिकाको आर्थिक सहयोगमा उक्त कार्यक्रम इनोभेसन मल्टिप्रपोज रिसर्च एण्ड कन्सल्टेन्टले आयोजना गरेको हो । विहादी गाउँपालिका भित्र सञ्चालन भईरहेको वन, वातावरण तथा जलवायू परिर्वतन सम्बन्धि परियोनजा अन्तर्गत उक्त कार्यक्रमको आयोजना गरिएको हो । यस अघि कार्यक्रम अन्तर्गत माध्यमिक तहका विभिन्न विद्यालयहरुमा जलवायू परिर्वतन सम्बन्धि अनुशिक्षण कार्यक्रमको आयोजना गरिएको थियो ।

गाउँपालिकाका कार्यालयसंगै रहेको सभाहलमा उक्त कार्यक्रमको आयोजना गरिएको छ ।