Print

आज विश्व वातावरण दिवस, बिहादीमा वक्तृत्वकला तथा विचार गोष्ठि हुँदै


२२ जेठ, पर्वत । आज जुन ५ तारिख, अर्थात् विश्व वातावरण दिवस । वातावरण संरक्षणका लागि जनचेतना फैलाउने उद्देश्यका साथ संयुक्त राष्ट्र संघको आह्वानमा सन् १९७३ देखि विश्व वातावरण दिवस मनाउन थालिएको हो ।

वातावरण दिव मनाउनुभन्दा १ वर्ष अगाडि सन् १९७२ को जुन ५ देखि १६ तारिखसम्म संयुक्त राष्ट्र संघको महासभाले विश्व वातावरण सम्मेलन आयोजना गरेको थियो ।
वातावरण संरक्षणका लागि विश्वभरमा राजनीतिक र सामाजिक जनचेतना जगाउने उद्देश्यले विश्व वातावरण सम्मेलन आयोजना गरिएको थियो । वातावरणीय संरक्षणको आवश्यकता महसूस गरी सम्मेलनको १ वर्ष पछि सन् १९७३ देखि यो दिवस मनाउन थालिएको हो ।

यहि दिवसकोको अवसर पारेर पर्वतको विहादी गाउँपालिकामा पालिका स्तरीय वक्तृत्वकला प्रतियोगीता तथा विचार गोष्ठिको आयोजना गरिएकोछ । गाउँपालिकाको आर्थिक सहयोगमा इनोभेसन मल्टिप्रपोज रिसर्च एण्ड कन्सल्टेन्ट प्रा.लि.ले उक्त कार्यक्रमको आयोजना गरेको हो ।

सो अवसरमा गाउँपालिकाका माध्यमिक तहका विद्यार्थीहरुले जलवायू परिर्वतन सम्बन्धि विषयमा आफ्नो विचार प्रकट गर्दैछन् । गाउँपालिका भित्र रहेका माध्यमिक तहका विद्यार्थीहरुका वीचमा हुन लागेको प्रतियोगीता गाउँपालिकाका सभाहलमा आयोजना गरिएको छ ।

गाउँपालिकाले पछिल्लो समय जलवायू परिर्वतनका कारण भईरहेको पर्यावरणीय समस्याहरुलाई समुदायस्तरसम्म बहस चलाउनका लागि वन, वातावरण तथा जलवायू परिर्वतन सम्बन्धि कार्यक्रमको आयोजना गरीरहेको छ ।

विद्यार्थीहरुलाई जलवायू परिर्वतनका विषयहरुमा अभिमुखीकरण गरी बदलिदो पर्यावरणीय समस्यालाई समाधानका विकल्पहरुको विषयमा जानकारी दिनका लागि गाउँपालिकाले गत आर्थिक बर्ष देखि यस्तो कार्यक्रम सञ्चालन गरीरहेको हो ।