Print

मोदीमा सार्वजनिक सुनुवाई, लागू औषधका कार्यक्रम वडास्तरमा सञ्चालन गर्न माग


२ जेठ, पर्वत । जिल्लाको मोदी गाउँपालिका सवै वडाहरुका नागरिकहरुको गुनासो सुन्नका लागि वडा स्तरमा सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरीरहेको छ । गाउँपालिकाले वडास्तरहरुमा आगामी आर्थिक बर्षको सुझाब संकलनसंगै वस्ती स्तरमा रहेका समस्याहरु बुझनका लागि सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरेको हो ।

गाउँपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँपालिका र वडा कार्यालयद्धारा सम्पादीत कामहरुको विषयमा स्थानीयबासीले आफ्नो अनुभव सुनाईरहेका छन् । गाउँपालिकाले आयोजना गरेको उक्त कार्यक्रममा भौतिक पूर्वाधार निर्माण, कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रको सबालसंगै लागू औषध दुब्र्यसनी बढेको भन्दै यस्को न्यूनिकरणका लागि वडास्तरहरुमा पनि कार्यक्रमहरु सञ्चालन हुनुपर्ने धारणाहरु ब्यक्त भएका छन् ।

गाउँपालिकालको वडा न २ देउपुर र वडा न ५ बाजुङमा आयोजीत कार्यक्रमका सहभागीहरुले वडा र वस्ती स्तरसम्म लागू औषध दुब्र्यसनी बढिरहेको भन्दै यसको न्यूनिकरणका लागि कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने माग राखे ।

लागू औषधले देशको दक्षजनशक्तिलाई शिथिल बनाउँदै लगेको भन्दै कार्यक्रमका सहभागीहरुले पालिका स्तरमा मात्र नभई वडास्तरमा पनि लागू औषध दुब्र्यसनी न्यूनिकरणका कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने धारणा ब्यक्त गरेका हुन् ।

कार्यक्रममा सहभागीहरुले खोलाबाट नदीजन्य वस्तुहरुको उत्खनन देखि, विकास आयोजनाको सञ्चालन प्रक्रियासम्मका विषयहरु उजागर गरेका छन् ।
गाउँपालिका अध्यक्ष हिरादेवी शर्मा, उपाध्यक्ष बिमल लामिछाने र प्रमुख प्रशासकीय अधिकृत बाबुराम पुरी तथा विषयगत शाखाका प्रमुखहरुले सहभागीहरुको प्रश्न र जिज्ञासाको उत्तर कार्यक्रमहरुमा दिईरहेका छन् ।

गाउँपालिकाले आयोजना गरेको उक्त कार्यक्रम अव चित्रे र राम्जादेराली गरी दुई वडाहरुमा सञ्चालन हुन बाँकी रहेको छ ।