Print

स्थापना दिवसको अवसरमा युवा संघ पर्वतले सुरक्षित आवास बनाउँदै


२ जेठ, पर्वत । राष्ट्रिय युव संघ नेपालले आफ्नो संघको स्थापना दिवसको अवसर पारेर सुरक्षित आवास निर्माण गर्ने भएको छ । संघले एक कार्यक्रमका वीच कुश्मा नगरपालिका वडा न ९ कटुवाचौपारीमा सुरक्षित घर निर्माणको शिल्यान्यास गरेको छ ।

युवा संघ पर्वतका संयोजक आशिष श्रेष्ठले विपन्न ब्यक्तिलाई सुरक्षित घर निर्माण गर्ने उद्देश्यले युवासंघले सामाजिक कार्यको शुरुवात गरेको जानकारी दिए । कुश्मा ९ मा रिता सार्कीलाई घर निर्माण गरी हस्तान्तरण गर्ने गरी युवा संघले उक्त अभियानको शुरुवात गरको हो ।

युवा संघका पर्वत संयोजक आशिष श्रेष्ठको अध्यक्षतामा सम्पन्न शिलान्यास कार्यक्रममा गण्डकी प्रदेश उपप सचिव सन्तोष शर्मा तिर्थले प्रमुख अतिथिको रुपमा सुरक्षित आवासको शिल्यान्यास गर्नुभएको थियो । कार्यक्रममा सह संोजक धुव्र श्रेष्ठले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।

एमाले युवा इन्चार्ज थमनारायण पोडेल, युवा संघ गण्डकी प्रदेश कमिटि सदस्य जगत लामिछाने लगाएतले कार्यक्रममा शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।