१९ भाद्र, पर्वत । निजामती सेवा दिवस २०८१ को अवसरमा आयोजित ब्याडमिन्टन प्रतियोगिताको उपाधी सुनिल थापा र मार्कन्ड प्रसाद बरालको जोडीले हात पारेको छ ।
पर्वत जिल्लामा कार्यरत निजामती कर्मचारी स्तरीय ब्याडमिन्टन प्रतियोगिताको फाईनल खेलमा भेटेरिनरी अस्पतालमा कार्यरत सुनिल थापा र कोष तथा लेखा नियन्त्रक कार्यालयमा कार्यरत मार्कन्ड प्रसाद बरालको जोडीले स्वास्थ्य कार्यालयमा कार्यरत टंक बस्याल र जिल्ला अदालतमा कार्यरत राजेन्द्र भुषालको जोडीलाई (२१-१८) र (२१-१४) को सेटमा पराजित गरि उपाधी हात पारेका हुन ।
तेसै गरि जंगी र संस्थान तर्फ कार्यरत कर्मचारीहरु बीचको खेलाईएको ब्याडमिन्ट खेलमा गोन्थे गुरुङ र सुरेश प्रसाद पौडेलको जोडीले देशराज चौधरी र लिल बहादुर खत्रीको जोडीलाई (२२-२०), (२१-२३) र (२१-११) ले पराजित गरि प्रथम स्थान हासिल गरेका हुन । ब्याडमिन्टन तर्फका खेलहरु पर्वत मोदीकाली ब्याडमिन्टन संघको कभर्डहल वडागाउँ कुश्मामा भाद्र १८ र १९ गते २ दिन संचालन भएको थियो ।
निजामती सेवा दिवसको अवसरमा मुख्य खेलको रुपमा खेलाईएको ब्याडमिन्टन लगायत म्युजिकल चेयर, दौड प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।