Print

कुश्माको जिरो किलोमिटरमा बर्षेनी बाढि

१८ साउन, पर्वत । भिषण वर्षापछिको बाढिका कारण पर्वत सदरमुकाम कुश्माबजार स्थित जिरो किलोमिटरमा यस पटक पनि दोस्रो पटक बाढि आएको छ । बर्षेनी जसो बर्षातको समयमा यो क्षेत्रमा बाढि आउने गर्दछ । बाढिका कारण ४ दर्जन बढि घरहरु र सिंगै वस्ती नै जोखिममा छ ।

कुश्माबजारको जिरो किमी भन्दा माथि रहेको गजौटेखोलामा आएको गेग्र्यान सहितको बाढिले पुरिएपछि सिंगो बस्तीनै जोखिममा परेको हो । जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार कुश्मा नगरपालिका वडा नं। ४ का वडा अध्यक्ष दिनेश श्रेष्ठ सहित गंगाराज परियार, विरवहादुर परियार लगायतका १२ वटा घरमा बाढि पसेर क्षति पु¥याएको हो भने अन्य घर जोखिममा परेका हुन् ।

समयमै घरका बासिन्दा सुरक्षीत स्थानमा बसेका कारण मानविय क्षति हुन नपाएको प्रहरी निरिक्षक भुवन बरामले दिए ।

बाढिले हरेक घरका आँगन, पिढि र कोठाहरु ढुंगामाटोले पुरिएका छन् । तत्काल ढुंगामाटो नहटाउने हो भने फेरी पर्ने वर्षाले घरहरु जुनसुकै बेला पनि भत्किने जोखिम छ ।

यो क्षेत्रमा प्रत्येक बर्ष जसो बाढि आउने गर्दछ । कुश्मा देखि दुर्लुङ जाने सडक निर्माण गर्दा बगेका ग्रेगानहरु बाढिले बगाएर ल्याउने गरेको छ । धेरै बर्ष पहिलो यो क्षेत्रमा गजौटेखोला रहेको र उक्त खोलाले आफ्नो बहाव लिँदा यो क्षेत्रमा बर्षातको समयमा बाढिको त्रास बढेको यहाँका स्थानीयबासीको भनाई छ ।