१८ साउन, पर्वत । नेकपा एमालेले केन्द्रिय सदस्य संख्या थप गरेको छ । आज बसेको केन्द्रिय सचिवालय वैठकले केन्द्रिय सदस्य र सल्लाहकार परिषदको संख्यामा थप गरेको हो । सचिवालय वैठकले केन्द्रिय सदस्यमा पर्वतका मनोहर वि. पौडेल र सल्लाहकार परिषद सदस्यमा मेघनाथ सुवेदीलाई मनोनित गरेको छ ।
पौडेल एमाले निकट दलित संगठन उत्पीडित जातिय मुक्ति समाजका केन्द्रिय अध्यक्ष हुन् । जिल्ला समन्वय समितिका पूर्व प्रमुख रहेका पौडेललाई आजको वैठकले पाटीको केन्द्रिय सदस्यमा मनोनित गरेको हो ।
यसैगरी गरी पूर्व प्रदेश सचिवालय सदस्य सुवेदीलाई पाटीले सल्लाहकार परिषद सदस्यमा मनोनित गरेको छ । पाटीको पञ्चायत कालदेखिको आन्दोलनमा संग्लन्न सुवेदी पूर्व जनपश्चिय प्रधानपञ्चको रुपमा पिपलटारीमा निर्वाचित भएका थिए । पाटीको जिल्ला उप सचिव हुँदै सुवेदी यस अघिको प्रदेश कमिटिको सचिवालय सदस्य थिए ।
उता, पर्वत जिल्लाका एमाले नेता गणेश तिमिल्सीनालाई भने पाटीले अहिलेसम्म पनि जिम्मेवारी प्रदान गरेको छैन् । आजको वैठकमा तिमिल्सीनालाई स्थायी कमिटि सदस्य वा केन्द्रिय सदस्य बनाउने उनी निकट कार्यकर्ताहरुले अनुमान गरे पनि पाटीले तिमिल्सीनालाई केन्द्रिय कमिटि सदस्यमा पनि मनोनित गरेको छैन् ।
तिमिल्सीना नेकपा एमालेका पूर्व पोलिटब्यूरो सदस्य हुन् । गण्डकी प्रदेशको सह संयोजकको भूमिकामा रहेका बेला तिमिल्सीना राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका थिए । तिमिल्सीनाले राष्ट्रिय सभाको ६ बर्षे कार्यकालमा अध्यक्षको जिम्मेवारी निर्वाह गरीसकेका छन् । अध्यक्षमा निर्वाचित भएपछि तिमिल्सीनाले पाटीका सवैपदबाट राजीनामा दिएका थिए । ६ बर्षे कार्यकाल सकिएकै दिन तिमिल्सीना एमालेमा फर्केर पाटी काम गर्ने उद्घोष गर्दै पर्वत पाटी कार्यालयबाट काममा फर्केको सन्देश दिए पनि पाटीले भने केन्द्रिय कमिटिमा समेत मनोनित गरेको छैन् ।
यसैगरी एमाले नेता विकास लम्साललाई समेत पाटीले जिम्मेवारी प्रदान गरेको छैन् । पर्वत जिल्ला पाटीका पूर्व अध्यक्ष समेत रहेका लम्साल पूर्व संविधान सभा सदस्य समेत हुन् । प्रदेश सरकारका पूर्व मन्त्री समेत रहेका लम्साल पाटीको पूर्व प्रदेश कमिटिका सचिवालय सदस्य हुन् । लम्सालले केन्द्रिय सदस्यको आकाक्षा राखेपनि पाटीले भने उनलाई समेत केन्द्रिय सदस्यको जिम्मेवारी प्रदान गरेको छैन् ।
उता, यस अघि पाटीले पर्वत इन्चार्जको जिम्मेवारी प्रदान गरेको श्रीमाया थकालीको ठाउँमा पर्वत इन्चार्जको जिम्मेवारी केन्द्रिय सदस्य पदम गिरीलाई प्रदान गरेको एमाले श्रोतको भनाई छ । गिरी पर्वतबाट प्रतिनिधि सभामा २ पटक निर्वाचित सदस्य हुन् । केहि साता अघि मात्रै मन्त्री पदबाट बाहिरीएका गिरीले पर्वत इन्चार्जको जिम्मेवारी पाएका छन् ।
आज वसेको एमाले सचिवालय वैठकले १७ जना केन्द्रिय सदस्य सहित प्रदेश इन्चार्ज, जिल्ला इन्चार्जको जिम्मेवारी परिर्वतन गरेको हो । वैठकले सल्लाहकार परिषद सदस्यहरुको समेत मनोनित गरेको महासचिव शंकर पोखरेलले जानकारी दिएका छन् ।