११ साउन, पर्वत । कुश्मा नगरपालिकाले किर्तिपुर नगरपालिकाका नगरप्रमुखको मृत्यु प्रति शोक ब्यक्त गरेको छ । कुश्मा नगरपालिका प्रमुख रामचन्द्र जोशीद्धारा जारी शोक पत्रमा काठमाण्डौंको किर्तिपुर नगरपालिकाका नगर प्रमुख राजकुमार नकर्मीको मृत्यु प्रति नगरपालिकाले शोक बक्तब्य जारी गरेको । यहि साउन १० गतेका दिन नगरप्रमुख नकर्मीको मृत्यु भएको थियो ।
नगरप्रमुख जोशीद्धारा जारी बक्तब्यमा भनिएको छ ः यस दुःखद घडिमा दिवंगत आत्माको चीरशान्तिको कामता सहित हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं ।
मृगौला रोगबाट पिडित नकर्मीको विर अस्पतालको सघन कक्षमा उपचार गर्दै गर्दै मृत्यु भएको थियो ।
नकर्मीले विगत केहि समय देखि मृगौला रोगबाट पिडित थिए । उनले नियमित डाइलोसिस गराउँदै आएका थिए । अचानक विगत १ महिना देखि स्वास्थ्य अवस्था जटिल बनेपछि नकर्मीलाई उपचारका लागि विर अस्पतालमा लगिएको थियो ।
स्वास्थ्य अवस्था जटिल रहेका नकर्मीको साउन १० गतेका दिन मृत्यु भएको हो ।




