Print

पर्वतमा २० प्रतिशतले राजश्व संकलनमा बृद्धि


१० साउन, पर्वत । जिल्लामा गत आर्थिक बर्षमा २० प्रतिशतले राजश्व संकलनमा बृद्धि भएको छ । करदाता सेवा कार्यालय पर्वतले दिएको जानकारी अनुसार आव २०७९÷०८० को तुलानामा पर्वत जिल्लामा आव २०८०÷८१ मा २० प्रतिशतले राजश्व संकलनमा बृद्धि भएको हो ।

कार्यालयले दिएको जानकारी अनुसार गत आर्थिक बर्षमा कुल ३३ करोड ४५ लाख रुपैंया राजश्व संकलन भएको छ । कार्यालयले कुल ३५ करोड २६ लाखको लक्ष्य लिए पनि लक्ष्य अनुसार कुल १ करोड ९१ लाख रुपैंया कम राजश्व संकलन भएको छ । यो रकम अघिल्लो आर्थिक बर्षको भन्दा भने २० प्रतिशतले बढि हो ।

जिल्लामा करदाता सेवा कार्यालयले कर छलि गरेको आरोपमा ६ वटा करदातालाई कानुनी कारबाहीका लागि गत आर्थिक बर्षमा सिफारिस गरेको छ ।

यसैगरी करअनुसन्धानका लागि ४ वटा करदातालाई सिफारिस गरिएको कार्यालयले जनाएको छ ।

कार्यालयले गत आर्थिक बर्षमय बजार अनुगमनबाट कुल १ लाख ४७ हजार रुपैंया जरिवाना समेत संकलन गरेको छ ।