पढेलेखेका युवाहरुमा चेतनाको स्तर देख्दा अरुले गुलामी बनाउनु स्वभाबिक लाग्छ मलाइ।किनभने हाम्रो चेतनाको स्तरनै गुलामी,नोकर,पुजीवादी,तानाशाही, भ्रष्टहरु सङ लड्न नसक्ने सङ्कुचित छ।
बास्तबिकता लाई लत्याएर भ्रमको पछि दौडिरहेका हुन्छौं।केहिदीन अघि देखि सामाजिक संजाल तिर सम्माननिय प्रधानमन्त्री प्रचण्डको तस्बिर लाई edit गरेर प्रचण्ड र माओबादी माथी प्रहार गर्ने उदेस्यले मिडिया देखि बिपक्षी पार्टी कार्यकर्ताहरु सक्रिय भएर लागिपरेका छन।
यथार्थ देखि टाढा रहेर जति मात्रमा प्रचण्ड माथी भ्रम छरेर बिपक्षीहरुले प्यास मेटाएर आत्म सन्तुष्टि त लिए होलान तर सिर पक्कै पनि ठाडो भएन र मान सम्मान साथै कसैले स्वाबिमानी पुरस्कार थम्याएनन।थम्याउन पनि कसरी?दलगत दुश्मनी साधेरै समग्र रास्ट्रकै प्रतिनिधित्व गरि सहभागी भएका प्रधानमन्त्रीको बैजेत गरेर?के तिनको मान बढ्यो होला जस्ले भिडियो र तस्बिर इडिट गरेका थिए?तिनिहरुले किन बिर्सिएकि प्रचण्ड नितान्त पार्टी प्रतिनिधि भएर होइन। समग्र नेपालको प्रतिनिधित्व गरि सहभागी भएका हुन भनेर?
त्यही यु.ए इ .मा श्रम बेच्नु अनि आफ्नै रास्ट्रका प्रधानमन्त्रीको त्यही ठाउमा बदनाम गराउदा यु.ए. इ ले पुरुस्कार दिए होलान?अनुसासन नभएका प्रधानमन्त्री अथवा मदिरा पिएर लठिएका भन्दै भ्रमक प्रचार गरेर आफ्नै रास्ट्रीयता माथी दखल दिनु स्वभाबिक छ?भलै नेपालको प्रधानमन्त्रीको बैजेत गर्दा त्यहाका श्रम गर्ने मजदुरी गर्नेहरु नेपाली मजदुरको सम्मान होला?केवल प्रधानमन्त्रीको मात्रै इजत जाने होकि समग्र नेपाल र नेपालिको इजत पानीमा मिल्ने हो?पढेलेखेका भनिएका युवाहरुमा यो चेतनाको बिकास किन हुन सक्दैन?
जुनसुकै दलका प्रधानमन्त्री होउन् दलगत असहमति असन्तुष्टिहरु पोख्न लाई रास्ट्रको प्रधानमन्त्री जस्तो पदमा आसिन ब्यक्तिको चरित्र हत्या गर्नु अतिनै निन्दनीय छ।राजनैतिक पार्टीका नेताको हैसियतले होइन समग्र नेपाल र नेपालीका लागि सोच्ने गरौ।दलिय रुपमा असहमति होलान कमि कमजोरी होलान आलोचनाको स्वभाबिक हद हुन्छ।तर अन्तरास्ट्रिय स्तरमै नेपालको इजत हनन हुने हिसाबले यस्तो नाजायज हर्कत गर्नु भनेको आफ्नै खुट्टामा बन्चरो प्रहार गर्नु हो।त्यसैले हामी दलिय रैती बनेर होइन सच्चा नेपाली बनेर रास्ट्रीयता लाई विश्व सामु चिनाउ।
लेखक:दीप लिम्बू
नेकपा माओबादी केन्द्र सम्बद्ध अन्तरास्ट्रिय बिभाग नेपाली जनप्रगतिसिल मन्च (मलेशिया)
बर्तमान-महासचिव





प्रतिकृया दिनुहोस्