Print

कुश्मा नगरपालिकाको पिपलटारीमा सार्वजनिक सुनुवाई कार्यक्रम


१७ वैशाख, पर्वत । जिल्लाको कुश्मा नगरपालिका वडा न १० पिपलटारीमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीहरुको प्रश्नको उत्तर दिदै कुश्मा नगर प्रमुख रामचन्द्र जोशीले बाँदर नियन्त्रणको समस्या पालिकाको प्रमुख समस्या रहेको बताए ।

उनले स्थानीयबासीले बाँदर नियन्त्रणको माग गरेको भन्दै यो समस्या राष्ट्रिय समस्या भएको बताए । उनले बाँदर एक स्थानबाट लडेटे अर्को स्थानमा जाने भन्दै यो समस्या समाधान गर्न स्थानीय स्तरमा चुनौति रहेको बताए । विकास आयोजना र पूर्वाधारका कामहरुको नगरपालिकाले नियमित अनुगमन गरीरहेको भन्दै प्रदेश र संघ सरकारद्धारा सञ्चालीत आयोजनाहरुलाई समयमै सम्पन्न हुने गरी नगरपालिकाले सहजीकरण गर्ने समेत बताए ।

कार्यक्रममा नगर उपप्रमुख स्वस्थानी रिजालले जनतासंगको दोहोर सम्बादका कार्यक्रमहरुले आफूलाई नीति निर्माणमा सहजता आउने बताईन् । सहभागीहरुले सोधेका विभिन्न प्रश्नहरुको जवाफ दिदँै नगर उप उप्रमुख रिजालले लक्षित वर्गका कार्यक्रमहरु मार्फत पछाडि परेको वर्गको उत्थान गर्न नगरपालिकाले ध्यान केन्द्रित गर्ने समेत प्रतिबद्धता ब्यक्त गरिन ।

कार्यक्रममा कुश्मा नगरपालिकाका राजश्व शाखा प्रमुख डिलकुमारी शर्मा, प्रशासन प्रमुख धुव्रराज पौडेल, प्राविधिक शाखाका सञ्जय लामिछाने, स्वास्थ्य शाखा प्रमुख यामप्रसाद शर्मा, कृषि शाखा प्रमुख सुस्मिता शर्मा, शिक्षा शाखाका अर्जुृन शर्मा, पशु शाखाका राजेन्द्र सुवेदीले सहभागीहरुको प्रश्नका उत्तर दिएका थिए ।

कार्यक्रममा स्थानीय दुर्गादत्त पौडेल, प्रकाश थकाली, बाबुराम शर्मा, शोभाखर खनाल, मिना सुवेदी, खगराज रेग्मी, चोमनाथ लाछिाने, रामप्रसाद तिवारी, जगत प्रसाद रेग्मी, पुरुषोत्तम शर्मा, चोलनाथ रेग्मी, नारायण अर्यालले प्रश्न र सुझाब दिएका थिए । यसैगरी टेकनारायण अधिकारी, देवेन्द्रलाल विक, एकनारायण अधिकारी, विष्णुहरी तिवारी, रामचन्द्र सुवेदी, कृष्णप्रसाद सुवेदी, बोधप्रसाद अधिकारी, नारायण अधिकारी र भाष्कर पोडेलले पनि जिज्ञासासंगै नगरपालिकालाई सुझाब दिएका थिए ।

नगरपालिकाकी योजना शाखाकी इन्दु शर्माले कार्यक्रमको औचित्य माथि प्रकाश पारेकी थिइन भने वडा न १० का वडा सचिव नारायण लामिछानेले वडाको प्रगति विवरण सार्वजनिक गरेका थिए ।

कुश्मा नगरपालिका वडा न १० का वडा अध्यक्ष रामचन्द्र सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण जि एण्ड जि मिडिया प्रालिका प्रवन्ध निर्देशक गणेश गिरीले गरेका थिए ।