Print

पर्वतको भोक्सिङका गुरुङले गरे २ करोड लगानी मा अलैंची खेती

माधब पराजुली, पर्वत ।

पर्वतको भोक्सिङका नारायण गुरुङले बाँझो जमिनमा अलैंची रोपेर हरियाली पार्नुभएको छ । पछिल्लो समय अलैंची खेतीप्रति बढ्दो आकर्षणका बीच गुरुङले २ करोड लगानी गरेर दीर्घकालीनरुपमा अलैंची खेती गर्ने लक्ष्य लिनुभएको छ ।
दुई वर्ष अघि कास्कीको ल्वाङ–घलेङबाट २० रुपैयाँ प्रतिगोटा विरुवा ल्याएर एकैचोटी दुईहजार ५ सयवटा विरुवा रोपेर अलैंची खेती शुरु गर्नुभएका नारायण गुरुङले यो खतीमा ठूलो लगानी गरिसक्नु भएको छ । झण्डै १० वर्ष बैदेशिक रोजगारीका लागि कोरियामा बिताएर फर्किनुभएका उहाँ अब भन्ने आफ्नै ठाउँमा केही गर्ने सोचले त्यो कमाएको सबै लगानी गर्नुभएको छ । उहाँका अनुसार अलैंचीका विरुवा निकै फस्टाएका पनि छन् । उहाँको एक बर्षमा ३० मेट्रिक टन अलैंची उत्पादन गरेर १० करोड भन्दा बढी आम्दानी गर्ने लक्ष्य रहेको छ । यस ठाउँ मा अलैँची को विकास गरी उत्पादीत अलैँची लाई अन्तराष्ट्रिय स्तरमा बिक्री गर्ने योजना रहेको छ उहाँले भन्नुभयो स्थानिय यूवाहरु लाई गाउँमै रोजगारको व्यवस्था गर्ने योजना पनि छ ।

जिल्ला कृषि बिकास कार्यालयले सहुलियतमा विरुवा खरिद, अनुदानमा मेसिन, भट्टी निर्माण तथा समय–समयमा तालिम र परामर्श दिँदै आएको छ । कार्यालयले त्यो ठाउँलाई पकेट क्षेत्र मात्र नभई प्रधानमन्त्रि कृषि आधुनिकीकरण परियोजना अन्तर्गत ब्लक क्षेत्रको रुपमा विकास गर्ने तयारी गरिरहेको बरिष्ठ कृषि विकास अधिकृत बासुदेव रेग्मीले बताउनुभयो ।
जिल्ला कृषि बिकास कार्यालयका अनुसार जिल्लामा व्यवसायीक अलैँची खेती गर्ने भोक्सिङ गाबिस पहिलो हो । आगामी वर्ष भने करिब २० लाख अलैंचीका विरुवा उत्पादन गरि सम्भाबित क्षेत्रमा अलैँचीको खेती गर्ने जिल्ला कृषि बिकास कार्यालयको लक्ष्य छ । यसले गर्दा अलैंची खेतीप्रतिको आकर्षण पनि बढ्दो छ भने गुरुङको लगानी र अलैंची खेतीले धेरैलाई लोभ्याए पछि धानखेती गर्ने जग्गामा पनि अलैंची लगाउनेहरु बढ्दैछन् । भोक्सिङ गाउँमा ब्यक्तिगत र सामुहिक रुपमा अलैंची खेती लगाउने क्रम बढ्दो छ । भोक्सिङ बहुउद्देश्य समुहले सामुहिक रुपमा अलैंची खेती गरेको र यसलाई कृषि विकास कार्यालयले पनि सघाएको छ ।
करिब ८ सयदेखि १७ सय मिटर उचाइमा हुने अलैंची खेती गर्मी र जाडोमा हुने दुईथरीका हुन्छन् । पर्वतका त्यसै खेर गईरहेका भुभागमा तथा ओसिलो ठाउँमा अलैंची खेती विस्तार गर्ने कृषि कार्यालयको योजना छ । अलैंची प्रति किलो रु.१ हजार ८ सयदेखि २ हजार १ सय सम्म विक्री भईरहेको छ ।

प्रतिकृया दिनुहोस्

प्रतिकृया दिन यहा क्लिक गर्नुस