१५ कार्तिक, पर्वत । जिल्लाको मोदी गाउँपालिकामा रहेका लघु उद्यमीहरुका लागि सामूहिक प्रविधि हस्तान्तरण गरिएको छ । गाउँपालिकामा उद्यमीहरुको समूहलाइ्र्र गाउँपालिका अध्यक्ष हिरादेवी शर्मा र प्रमुख प्रशासकीय अधिकृत बाबुराम पुरीले एक कार्यक्रमका वीच ति प्रविधिहरु हस्तान्तरण गर्नुभएको हो ।
गाउँपालिका कार्यालयका अनुसार लघु घरेलु तथा साना उद्योग र गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत नयाँ लघु उद्यमीहरुलाई ति सामाग्रीहरु हस्तान्तरण गरिएको हो ।
नयाँ तर्फ ११ जना लघु उद्यमीहरुलाई सामुहिक प्रविधि हस्तान्तरण कार्यक्रम अन्तर्गत प्लास्टिक टनेल,वल्डिङ्ग मेशिन ,कुटानि पिसानि मेसिन ,हियर कटिङ्ग कुर्सी , ड्रिल मेशिन र १००० लिटरको पोलिट्यांकी हस्तान्तरण गरिएको प्रमुख प्रशासकीय अधिकृत पुरीले जानकारी दिनुभयो । पुरीका अनुसार उद्यमीहरुलाई उद्यममा थप आकर्षीत गर्नका लागि ति सामाग्रीहरु हस्तान्तरण गरिएको हो ।
मोदी गाउँपालिकाले यस अघि देखि नै लघु उद्यमीहरुलाई उद्यममा आकर्षित गर्नका लाािग विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ ।




