Print

वित्तिय साक्षरता अभियानमा एनआइसी एसिया बैंक

पर्वत ।

एनआईसी एसिया बैंक लिमिटेडले वित्तिय साक्षरताका लागि कुश्मा नगरपालिका १३ कटुवाचौपारीमा घरदैलो अभियान कार्यक्रम सञ्चालन गरेको छ । ग्रामिण क्षेत्रका वासिन्दाहरु लाई लक्षीत गरी शनिबार एक सय भन्दा वढी घरधुरीमा बैकिङ्ग शिक्षा तथा वित्तीय ज्ञान दिइएको हो ।

ग्रामिण क्षेत्रका वित्तिय पहुच भन्दा बाहिर रहेका मानिस हरुलाई वित्तय साक्षरता अभियानले समेट्ने गरी यो कार्यक्रम क्रमिक रुपमा पर्वत जिल्लाका विभिन्न स्थानमा संचालन गरिने बैंकका शाखा प्रबन्धक विजय चापागाईले बताए ।

स्थानिय आमा समुह, युवा कलव, विद्यालय लगायतका संघसंस्थामा समेत कार्यक्रम सञ्चालन गरिने कुश्मा उनले बताए ।

उक्त कार्यक्रममा वैकिङ्ग ज्ञान वचत, कर्जा लगानि तथा आधुनिक वैकिङ्ग प्रणालीका बारेमा समेत जनाकारी गराईएको थियो । कार्यक्रममा स्थानीय राम शर्मा पौडेलले यस अभियानले ग्रामिण क्षेत्रका मानिसले बैंकिङ्ग क्षेत्रको बारेमा राम्रोसँग जानकार हुन सकिने बताए ।

सोही अवसरमा ५० भन्दा वढीले खाता खोल्नुका साथै अधिकांशले सरल कर्जाका वारेमा समेत जानाकारी लिएका थिए ।

प्रतिकृया दिनुहोस्

प्रतिकृया दिन यहा क्लिक गर्नुस