१९ फागुन, पर्वत । जिल्लाको कुश्मा बजारमा आयोजना भएको तेस्रो राष्ट्रिय मगर महोत्सवमा रचना एलिना चौहान र रचना रिमालको प्रस्तुती रहने भएको छ । युवा पुस्तामा निकै लोकप्रिय गायीकाहरु चौहान र रिमाल दुवैले स्टेज तताउने आयोजकले जनाएको छ ।
आगामी फागुन २० गते एलिना चौहान र फागुन २२ गते रचना रिमालको प्रस्तुती रहने आयोजकले जनाएको छ ।
सुगम संगीतमा आफ्नो बेग्लै पहिचान बनाउन दुवै गायीकाहरु पछिल्लो पुस्तामा ब्यस्त गायीकाहरु मध्ये पर्दछन ।
मगर कला संस्कृति र परम्पराको जगेनार्थ पुन युवा क्लबले आयोजना गरेको महोत्सवमा विभिन्न कलाकारहरुको प्रस्तुती रहने गरेको छ ।
फागुन १६ गतेबाट शुरु भएको महोत्सव आगामी फागुन २६ गतेसम्म सञ्चालन हुनेछ । २ सय बढि स्टलहरु रहेको महोत्सवमा पछिल्लो पुस्ताका दर्जन बढि कलाकारहरुको प्रस्तुती रहने महोत्सवका प्रेस संयोजक सुमन थापाले जानकारी दिए ।




