१७ फागुन, पर्वत । कुश्मामा जारी मगर महोत्सवमा बुधवारको साँझ रमझमपूर्ण थियो । युवा पुस्तामा निकै ब्यस्त गायीका समिक्षाको गीत सुन्न दर्शक आतुर थिए । घमाइलो बन्दै गएको मौसममा समिक्षाले दर्शकको साथ माग्दै आफ्नो प्रस्तुती राखिन् ।
‘नेपाली चलचित्र नाइ नभन्नु ल ४’ मा गाएको वालापनको उमेर गीत पछि सांगेतिक क्षेत्रमा प्रवेश गरेकी समिक्षाले कुश्मामा आधा दर्जन बढि गीतहरु गुन्गुनाइन ।
‘कुरा बुझन पर्छ’ गीतबाट आफ्नो प्रस्तुती शुरु गरेकी समिक्षाले ‘सुर्ति माढ्दै माढ्दै गयो जोवन’ गीत गाउँदा उपस्थिती दर्शकले दिएको समिक्षालाई थप हौसला मिलेको थियो । ‘मायालाई एउटा फुल दिनुपर्ला’ लगाएतका गीत गाउँदै समिक्षाले महोत्सवमा आफ्नो प्रस्तुती राखेकी थिइन् ।
मगर संस्कृति, कला र परम्पराको संरक्षण गर्ने गरी पुन युवा क्लबले आयोजना गरेको महोत्सव आगामी फागुन २६ गतेसम्म सञ्चालन हुन्छ ।
२ सय बढि स्टलहरु रहेको महोत्सवमा पछिल्लो पुस्ताका दर्जन बढि कलाकारहरुको प्रस्तुती रहने महोत्सवका प्रेस संयोजक सुमन थापाले जानकारी दिए ।