Print

यस्तो पनि शिक्षक ! छात्राहरूलाई दिउँसो खुल्ला ठाउँमा जबर्जस्ती नुहाउन लगाएर हेर्ने

भारतको मध्यप्रदेशको बीद जिल्लाको एक सरकारी विद्यालयका शिक्षकले छात्राहरूलाई दिउँसो खुल्ला ठाउँमा जबर्जस्ती नुहाउन लगाएको र राति यौन दुर्व्यवहार गरेको खुल्न आएको छ । प्रहरीले शनिवार शिक्षकविरुद्ध मुद्दा दायर गरेको छ ।

बीद जिल्लाको शिरुर तालुकामा रहेको विद्यालयकी सात कक्षमा पढ्ने एक बालिकाले शिक्षकका बारेमा गुनासो गरेर बालअधिकारवादी समूहलाई चिट्ठी लेखेपछि यो घटना सार्वजनिक भएको हो ।

आरोपित शिक्षकले विगत पाँच महिनादेखि यस्तो कुकृत्य गरेको बालिकाले लेखेकी थिइन् । उनका मातापिताले उनलाई विद्यालयबाट निकालेर उनी नाबालिका भएपनि विवाह गराइदिएका थिए ।

शिरुर प्रहरीले उक्त शिक्षकविरुद्ध बालबालिकाविरुद्धको यौन दुर्व्यवहार मुद्दा दर्ता गरेको छ । शिक्षक अहिले फरार छन् । प्रहरीले आरोपित शिक्षक छिट्टै पक्राउ पर्ने बताएको छ । उक्त आवासीय विद्यालयमा १२० बालबालिका छन् जसमध्ये ३० बालिका छन् । आठ कक्षासम्म पढ्ने बालक र बालिकाका लागि फरक छात्रावास छन् ।

प्रतिकृया दिनुहोस्

प्रतिकृया दिन यहा क्लिक गर्नुस