१ फागुन, पर्वत । जिल्लाको कुश्मा नगरपालिका वडा न ३ का स्वर्गीय चन्द्रबहादुर गुरुङ र राधा गुरुङको स्मरणमा स्मृति सभा सम्पन्न भएको छ । स्वर्गीय गुरुङ दम्पत्तिका छोरा नवराज गुरुङले स्थापना गरेको राधाचन्द्र स्मृति प्रतिष्ठानको आयोजनामा दुर्लुङमा स्मृति सभा सम्पन्न भएको हो ।
स्मृति सभालाई गण्डकी प्रदेशका मुख्य मन्त्री सुरेन्द्र पाण्डेले सम्बोधन गरेका थिए । पाण्डेले स्वर्गीय गुरुङ दम्पत्तिले देखाएको सतमार्गमा हिडन् र सभ्य समाजको निर्माण गर्न अनुरोध गरे ।
कार्यक्रममा गण्डकी प्रदेशका खानेपानी तथा सिंचाई विकास मन्त्री सरस्वती गुरुङ अर्का वन वातावरण पर्यटन तथा उद्योग मन्त्री दिपेन्द्र थापाले स्मृति सभालाई सम्बोधन गरेका थिए ।
स्मृति दिवसको अवसरमा जनआन्दोलनका शहिद गोविन्दनाथको परिवारलाई सम्मान गरिएको थियो । स्वर्गीय गुरुङ दम्पत्तिका छोरा नवराज गुरुङले आफ्ना आमा बाबुको सामाजिक योगदानको बारेमा चर्चा गरेका थिए । कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष लेखनाथ गुरुङले अध्यक्षता र सञ्चालन सचिव उत्तम अधिकारीले गरेका थिए ।
प्रतिष्ठानले मृत्यु भएका गुरुङ दम्पत्तिको स्मरणमा १६ औं स्मृति दिवस मनाएको हो ।