Print

डिजिटल अक्षरका सातौं बर्ष


आज देखि हामीले सातौं बर्ष पुरा गरेका छौं । पर्वत जिल्लाको सदमुकाम कुश्मा बजारबाट आज भन्दा सात बर्ष अघि शुरु भएको पर्वत न्यूज डटकम अनलाईनले आज देखि सातौं बर्ष पुरा गरेको छ ।

जि एण्ड जि मिडिया प्रा.लि.द्धारा सञ्चालनमा आएको यस अनलाईनलाई सरकारका सवै प्रकारका नियमन निकायहरुमा दर्ता र अभिलेखीकरण गरी पत्रकारिताको मर्म, धर्म र कर्म बमोजीमका समाचारहरु डिजिटल मिडिया मार्फत प्रकाशन प्रसारण गर्ने हाम्रो प्रयास अझै निरन्तर चलिरहेको छ ।

बढ्दो प्रविधिको युगसंगै अहिले इन्टरनेटले संसारलाई साँधुरो बनाएको छ । एकै पलमा विश्वका कुनै पनि कुनाका खबरहरु हामीले प्राप्त गर्न सक्ने भएका छौं । विश्वभरको यो साँधुरो घेरा भित्र रमाइरहेको नेपालको पत्रकारिता पेशा पनि पछिल्ला दिनहरुमा विस्थापीतकै चरणमा छ ।

सवै नागरिक सवै पत्रकारको नारा अहिले स्थापीत हुने तयारीमा छ । आफूसंग भएको इन्टरनेटको प्रयोग गरेर सामाजिक सञ्जाल वा आफ्ना ब्यक्तिगत वेवसाइडहरुमा मार्फत पनि जो सुकै नागरिकले जस्तो सुकै सन्देश जति बेला पनि प्रवाह गर्न सक्ने अवस्था सृजना भएको छ । यहि कारण मिडियाहरुको भूमिका रहेका नागरिकहरुले प्रवाह गरेका सन्देश र सुचनाका भरमा आम नागरिकले आफ्नो धारणा बनाउने दिन स्थापीत हुँदैछ ।

मिडिया सञ्चालनको आर्थिक पक्ष चुनौतिपूर्ण छ । खोजमूलक समाचारको उत्पादन अर्को पक्ष छ । यहि वीचमा हामीले यी सवै पक्षलाई समायोजन गरी समाचारहरु पस्कने प्रयास गरीरहेका छौं । यो प्रयासमा साथ दिनुहुने सम्पूर्ण ब्यक्तिजनहरु प्रति अनलाईन सञ्चालकको तर्फबाट हार्दिक आभार ब्यक्त गर्दछौं ।

अनलाईन संस्करणले सातौं बर्ष पुगेको अवसरमा सातौं बर्षसम्म अनलाईन सञ्चालनमा सहयोग गर्नुहुने सम्पूर्ण प्रति कृतज्ञता ब्यक्त गर्दछौं ।