Print

कोणसभामा समर्थक नआएपछि कुश्माबासीसंग रिसाए प्रसाई


५ माघ, पर्वत । राष्ट्र राष्ट्रियता र नागरिक बचाउ अभियानका अभियान्ता दुर्गा प्रसाई कुश्माबासीसंग रिसाएका छन् । विहिबार कुश्मा बजारमा आयोजना गरिएको कोणसभामा आफ्ना समर्थकहरु नआएपछि उनी कुश्माबासीसंग रिसाएका हुन् ।
एक दिन अघि नै कुश्मा बजारमा कोणसभा हुने भनेर प्रचार प्रसार गरिएको थियो ।

दिनको ११ बजे कुश्मा बजारको लोकतान्त्रिक चोकमा आयोजना गरिएको कोण सभा सम्बोधन गर्न प्रसाई अघिल्लो दिन नै कुश्मा बजारमा आइपुगेका थिए । प्रसाईको कोण सभा परिसरमा बाक्लो मात्रामा सुरक्षाकर्मी तैनाथ थिए भने, कोणसभा स्थलमा स्टेज समेतको निर्माण गरिएको थियो ।

तोकिएको समयको केहि मिनेट ढिला गरी कोणसभा स्थल लोकतान्त्रिक चोकमा आएका प्रसाईले कोण सभामा १ मिनेट मात्रै बोले । कोणसभा स्थलमा निकै कम मानिसको उपस्थिती देखेपछि उनले कुश्मा बजारबासीलाई कार्यक्रममा नआएको भन्दै मलामी जाने मान्छे समेत कुश्मामा नपाइने भन्दै ब्यङग गरे । समर्थकले बोलाएमा अर्को पटक आएर आफ्नो विचार राख्ने भन्दै स्टेजबाट बाहिरिएका प्रसाईले आफ्नो विचार सुन्ने भए बागलुङ आउन आग्रह गरे ।

उनले कुश्मामा मानिसहरु नै नभएको भन्दै यस्तो अवस्था रहेमा बाहिरबाट यहाँ मानिस ल्याउनुपर्ने भन्दै आक्रोस समेत ब्यक्त गरे । दिउँसो बागलुङमा आयोजीत आमसभालाई सम्बोधन गर्न पुगेका प्रसाई माथि बागलुङमा भने एक युवाले हातपात गरेका थिए ।