४ माघ, पर्वत । नेकपा एमालेको जिल्ला अधिवेशनमा आगामी चैत २७ गते देखि शुरु हुने भएको छ । एमालेको जिल्ला कमिटि वैठकले आगामी चैत २७, २८ र २९ गते जिल्ला अधिवेशनको आयोजना गर्ने निर्णय गरेको एमाले उप सचिव तथा प्रचार विभाग प्रमुख बिमल लामिछानेले जानकारी दिए ।
एमालेले जिल्ला अधिवेशनलाई सम्पन्न गर्नका लागि विभिन्न उप समितिहरु समेतको गठन गरेको छ । आगामी चैतको अन्तिम सातामा हुने अधिवेशनले एमालेको नयाँ नेतृत्व चयन गर्नेछ । एमालेले अधिवेशन पूर्व माघ र फागुन महिनालाई भने सांगठनीक गतिवधिहरुको महिना बनाउने भएको छ । संगठनहरुका भेला, छलफल तथा प्रशिक्षण गरी सवै कमिटिहरुलाई चलायमान गर्ने एमालेले तयारी गरेको प्रचार विभाग प्रमुख लामिछानेले जानकारी दिए ।
यसै वीच जिल्ला कमिटिको वैठकमा सम्बोधन गर्दै एमाले सचिव तथा पूर्व मन्त्री गोर्कण विष्टले पाटी भित्र अवसरबादको हाबी भएको भन्दै प्रतिगामी शक्तिसंग जुध्नका लागि सवै कार्यकर्ताहरुलाई आग्रह गरेको एमाले नेताहरु बताउँछन् ।
वैठकमा सचिव विष्टसंगै एमाले नेताहरु कल्पना चापागाई, पदम गिरी, धनन्जय दबाढी लगाएतले वैठकमा सम्बोधन गरेको एमाले श्रोत बताउँछ ।
एमालेको आगामी नेतृत्वको लागि नेताहरुको दौडधुप शुरु भएको छ ।




