केपी कुमार जलन, बागलुङ । यो माया को छैन निको चाल´ `सोच आखा बन्द गरेर´ `सालैजो´को अपार सफलता पछि म्याग्दी जिल्ला बरङ्जा गा.बि.स.वाड न: ७ सकेल डाडाँ मा जन्मि कलाकारीतामा सक्रिय भएका लोक गायक राजेन्द्र सापकोटाले बिल्कुलै नयाँ लोक दोहोरी गित जवानीमा धक्का बजारमा लिएर आएका छन ।
राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठानको धौलागिरी अञ्चलको अध्यक्ष समेत रहेका बहु प्रतिभाशाली गायक सापकोटाले दर्जनौ गितहरुको सृजना गरि सकेका छन राख मलाइ मायाले बेरेर संगै बांचम एउटै सास फेरेर¸जवानी मा धक्का शंका मान्नु पर्दैन मायाले दिउँला जोवन पक्का उत्कृष्ट शव्दमा रहेको यो गित सारथी म्युजिक मार्फत बजारमा आएको हो सर्जक कस्तुप पन्तको लय शव्दमा आवजमा भने गायक सापकोटाको रहेको छ भने उनलाई नेपालकै चर्चित गायिका बिष्णु माझिले साथ दिएकी छिन ।
गीतको म्यूजिक भिडियोमा चर्चित निर्देशक संकर बिसी ,करिश्मा ढकालको मुख्य भुमिका रहेको छ ।शंकर बिसीकै उत्कृष्ट निर्देशन रहेको यस गीतको छायांकन भने राजेश घिमिरेले गरेका हुन् नबिन घर्ती मगरको सम्पादनमा तयार गीतको म्यूजिक भिडियो ले धेरै श्रोता दर्शकको मन जितिसकेकोले निकै सफलता पाउनेमा गायक सापकोटा बताउछन ।




प्रतिकृया दिनुहोस्