Print

नारायण माविमा धर्ना


२३ असोज, पर्वत । जिल्लाको नमुना विद्यालय नारायाण माविमा पूर्व विद्यार्थी तथा स्थानीयले धर्ना कार्यक्रमको शुरुवात गरेका छन् । विद्यालयको आर्थिक अनियमिताको छानवीन गर्न माग गर्दै विद्यालयका पूर्व विद्यार्थी तथा अभिभावकहरुले धर्ना कार्यक्रमको शुरुवात गरेका छन् । विद्यालयका पूर्व विद्यार्थी शिवप्रसाद रेग्मीले विद्यालयमा भएको आर्थिक अनियमितता छानवीनको माग गर्दै आफूहरुले शान्तिपूर्ण धर्ना कार्यक्रमको शुरुवात गरेको बताए ।

दैनिक रुपमा विद्यालय समयमा प्ले कार्ड सहित धर्ना दिईरहेका उनीहरुले विद्यालयमा राजनैतिक हस्तक्षेप भएको आरोप लगाएका छन् । अमुख राजनैतिक दलको प्रभाव भनिरहेका उनीहरुले दलको नाम भने उल्लेख गरेका छैनन् ।
विद्यालयमा केहि समय अघि विद्यालयका शिक्षकहरुसंग विद्यालयको आम्दानीको पैसा नगदमा रहेको विषय सार्वजनिक भएको थियो । विषय सार्वजनिक हुनुपूर्व नै शिक्षकहरुले ब्याज सहित विद्यालयका रकम फिर्ता गरेको विद्यालय श्रोतको दावी छ ।
लामो समय वैंकमा रकम दाखिला नगरी लाखौं रकम नगदमा राख्नेहरुलाई कारबाही नगरेको भन्दै ब्यवस्थापन समिति माथि दबाव सृजना हुँदै आएको छ ।
धर्ना कार्यक्रममा सहभागी शिवप्रसाद शर्मा रेग्मी, कृष्णप्रसाद शर्मा, बद्री गिरी लगाएतका ब्यक्तिहरुले शिक्षकहरुको अनियमिताको छानवीन गर्न माग गरेका छन् । विद्यालयले आन्तरीक छानवीन गरी दोषि उपर कारबाहीको प्रक्रिया अघि बढाएको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद शर्मा बताउँछन् । उनले ब्यवस्थापन समितिले कानूनी आधारहरुको खोजी गरी सम्बन्धित निकायहरुसंगको परामर्शमा कारबाहीको प्रक्रिया अघि बढाइरहेको जानकारी दिए ।

विद्यालयले सर्वदलिय संयन्त्र मार्फत छानवीको काम अघि बढाइरहेको र नियामन निकाय नगरपालिकाका प्रतिनिधि समेत छानवीन समितिमा राखिएको अध्यक्ष शर्माले बताए । समितिको प्रतिवेदनको आधारमा छानवीन गरी दोषीलाई कारबाही प्रक्रियामा अघि बढाउने अध्यक्ष शर्माको भनाई छ ।