Print

१४९ औं विश्व हुलाक दिवस, प्रथम सेवाग्राहीलाई जिल्ला हुलाक कार्यालयमा सम्मान


२२ असोज, पर्वत । १४९ औं हुवास दिवसको अवसरमा पर्वतमा जिल्ला हुलाक कार्यालयले प्रथम सेवाग्राहीलाई सम्मान गरेको छ । हुलाक दिवसको दिनमा पहिलो सेवाग्राहीको रुपमा कार्यालयमा आउने सेवाग्राहीलाई कार्यालयले सम्मान गरेको जिल्ला हुलाक कार्यालयका प्रमुख धुव्र रिजालले जानकारी दिए ।

प्रथम सेवाग्राहीको रुपमा कार्यालयमा आएका सेवाग्राही कुश्मा ७ का दिर्घराज पुरीलाई कार्यालयले सम्मान गरेको हो ।

विश्व हुलाक दिवस प्रत्येक वर्ष अक्टोबर महिनाको ९ तारिखका दिनमा मनाइन्छ । संसारभरको हुलाक सेवालाई स्तरीय र सुदृढ बनाउने उद्देश्यले विश्व हुलाक सङ्घको स्थापना भएको दिन प्रत्येक वर्ष अक्टोबर ९ मा यो दिवस मनाइन्छ ।

उक्त संघको सन् १८७४ अक्टोबर ९ मा स्थापना भएको हो । यो पछि संयुक्त राष्ट्र सङ्घको विशेषीकृत निकायका रूपमा दर्ता भयो । नेपालले सन् १९५६ जुलाई ११ का दिन विश्व हुलाक संघको सदस्यता पाएको हो ।