Print

एमाले गण्डकी प्रदेश अधिवेशन : पर्वतबाट ५ जना निर्विरोध निर्वाचित, मत परिणाम आजै आउने

१८ असोज, पर्वत । नेकपा एमाले गण्डकी प्रदेश कमिटिको प्रथम अधिवेशन पोखरामा जारी छ । निर्वाचन समितिका अनुसार केहि वेरमा सम्पन्न हुने मतदान पछि आज नै मतगणना हुनेछ । इलेक्ट्रोनिक भोटिङ मेसिनद्धारा भईरहेको भोटिङ मेसिनको मतपरिणाम आज नै आउने निर्वाचन समितिले जनाएको छ ।

१ सय ६५ जनाको लागि भएको निर्वाचनमा हालसम्म पर्वत जिल्लाबाट भने ५ जना निर्विरोध निर्वाचित भईसकेका छन् । प्रदेश कमिटि सदस्यमा भुगोल दलितबाट विष्णुराम विक, भुगोल खुल्ला सदस्य तर्फ लालबहादुर अधिकारी, प्रेम पौडेल र कमल भुषाल रहेका छन ।

यसैगरी संघीय निर्वाचन क्षेत्र भुगोलबाट शान्त पौडेललाई हरीहर पोख्रलले समर्थन गरेका कारण उनी पनि सर्वसम्हत निर्वाचित भएको बताइन्छ ।

अन्य उमेदारहरु भने चुनावी मैदानमा छन । पर्वत जिल्लाबाट प्रदेश कमिटि उप सचिव पदमा मञ्जु अधिकारीको उमेदवारी छ । प्रदेश कमिटिमा खुल्ला सदस्य तर्फ लक्ष्मण गिरी, दुर्गाप्रसाद शर्मा र खुमप्रसाद सुवेदीले उमेदवारी दिएका छन् ।
यसैगरी युवा खुल्ला सदस्य पुरुष तर्फ अर्जुन पौडेल र महिला युवा तर्फ अम्बिका शर्माले उमेदवारी दिएका छन । लेखा आयोग सदस्यमा पर्वतकै भक्तराज सुवेदीको उमेदवारी परेको छ ।

यसैगरी जिल्ला महिला भुगोल तर्फ भने निर्वाचन भएको छ । ३ सदस्यका लागि ४ जनाको उमेदवारी परेको छ । महिला सदस्यको ३ पदका लागि शारदा शर्मा, सेती महत, हिरादेवी शर्मा र यामकुमारी रानाको उमेदवारी परेको छ । उनीहरु वीच प्रतिस्पर्धा भईरहेको छ ।

कुल ९७० प्रतिनिधि रहेको अधिवेशनमा ३ दर्जन बढि सर्वसहमत भए पनि अन्य पदमा भने निर्वाचन भइरहेको छ ।