Print

तमादीखोला : मोटरेवलपुल बन्दैछ, बाढिले ३ मानिस बगायो

१३ असोज, पर्वत । जिल्लाको कुश्मा नगरपालिकामा पर्ने मध्यपहाडी लोकमार्ग खण्डमा अहिले तमादीखोलामा मोटरेवल पुलको निर्माण भईरहेको छ । बर्षेनी जसो बर्षायाममा खोलामा बाढि आउने र सडक अवरुद्ध हुने गर्दा यात्र कष्टकर हुने गरेको थियो । उक्त स्थानमा स्थायी मोटरेवल पुल निर्माण गर्ने गरी आयोजनाले निर्माण ब्यवसायी मार्फत निर्माणको काम अघि बढाएको छ । मोटरेवल पुलको दुई तर्फको पिल्लरको काम सकिएको छ भने स्यालब ढलनको काम बाँकी छ । सिद्धबाबा निर्माण सेवाले निर्माण गरीरहेको उक्त पुल कुल ६ करोड २५ लाखको लागतमा निर्माण हुँदैछ ।

निर्माण कार्यको झण्डै ५५ प्रतिशत निर्माण कार्य पुरा भएको उक्त पुलको काम अहिले भने रोकिएको छ । खोलाहरुमा पुलको निर्माण कार्य बर्षातको समयमा नहुने भएका कारण अहिले उक्त पुलको काम रोकिएको आयोजना कार्यालयले जनाएको छ । २०८० सालाको चैत महिना भित्र निर्माण सम्पन्न गर्ने गरी निर्माण ब्यवसायीसग सम्झौता भएको छ । ब्यवसायीले बर्षात सकिए लगतै निर्माणको काम गर्ने गरी तयारी गरेको निर्माण कम्पनीका प्राविधिक भुपेन्द्र पालले जानकारी दिए । ‘असोज १७ गते देखि साइडमा काम शुरु हुन्छ’ उनले भने ।

पुल सम्पन्न नहुँदै पुल बन्न लागेको खोलामा अहिले बाढि आएर ३ जना मानिस बगाएको छ । खोलामा शनिवार साँझ आएको बाढिले टाटा सुमो जीप बगाउँदा वेपत्ता ३ जना यात्रु मध्ये १ जनाको शव फेला परेको छ ।

भिषण बर्षात संगै खोलामा आएको बाढिले ग १ ज ६३१३ नम्बरको जीप बगाउँदा जीपमा सवार ३ जना यात्रु वेपत्ता भएका थिए । बर्षातको कारण आएको बाढिले बगाउँदा वेपत्ता भएको जीप भने सोहि खोलाको झण्डै ७ सय मिटर तल फेला परेको छ ।
जीपका पाट्सहरु छरिरहेको रहेको र जीपको मुख्य भाग बाढिले पुरिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । जीपमा सवार भनिएका ३ जना मध्ये २ जनाको विवरण खुलेको छ ।

जीपमा सवार मध्ये रुपन्देही घर भएका गोपाल वस्नेत र कास्की घर भएका विजय पौडेलको पहिचान भएको छ । हालसम्म तिलोत्तमा ९ रुपन्देही घर भएका ३४ बर्षिया गोपाल बस्यालको शव फेला परेको छ । शवलाई पर्वत अस्पतालमा राखिएको छ ।