Print

अपडेट : धादिङ वस दुर्घटनामा पर्वतका ३ जनाको मृत्यु (मृतक र घाइतेको नामावली)

६ भदौ, पर्वत । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका वडा नम्बर २ चालिसेमा बुधबार भएको बस दुर्घटनामा मृत्यु भएका मध्ये ६ जनाको परिचय खुलेको छ । मृतक मध्ये ३ जना पर्वत जिल्लाका छन् । बाँकी २ जनाको परिचय खुल्न बाँकी छ ।

मृत्यु हुनेमा जिल्ला पर्वत मोदी गापा १ बस्ने बर्ष १५ कि कृतिका शर्मा पौडेल, जिल्ला पर्वत जलजला गापा ६ बस्ने बर्ष ४२ की राधिका सापकोटा र पर्वत मोदी गापा ५ बस्ने बर्ष ४५को झपट बहादुर क्षेत्रीको मृत्यु भएको प्रहरी कार्यालय गजुरीले जनाएको छ ।

यसैगरी मृत्य हुनेहरुमा म्याग्दी रघुगंगा गापा ३ बस्ने बर्ष ५० को थान बहादुर भण्डारी, धादिङ गजुरी गापा ८ बस्ने बर्ष अं २० को शुसिल रम्तेल र कास्की फुलबारी ११ बस्ने बर्ष अं २५ को सुमन थापाको परिचय खुलेको छ ।

बाँकी २ जनको परिचय खुल्न बाँकी छ ।


दुर्घटनामा घाइते हुनेहरुको विवरण


१) बस चालक जिल्ला म्याग्दी बेनि न.पा ६ बस्ने बर्ष ३० को दिपक थापा टाउकोमा चोट अबस्था मध्यम ।
२) जिल्ला म्याग्दी बेनी न.पा ३ बस्ने बर्ष २४ को पुर्ण छन्त्याल टाउकोमा चोट अबस्था मध्यम ।
३) जिल्ला म्याग्दी बस्ने बर्ष अं ४५ की सुनिता छन्त्याल शरिरको बिभिन्न भागमा चोट अबस्था गम्भिर ।
४) देश बंगलादेश बस्ने बर्ष अं ३५ को सुदिप मण्डल शरिरको बिभिन्न भागमा चोट अबस्था गम्भिर ।
५) जिल्ला म्याग्दी बेनि न.पा ३ बस्ने बर्ष अं. २९ को गौतम छन्त्याल टाउको र हातमा चोट अबस्था गम्भिर ।
६) देश बंगलादेश बस्ने बर्ष ३२ को मोहमद हजिरहुल शरिरमा सामान्य चोट ।
७) जिल्ला बाग्लुङ बस्ने बर्ष १९ कि शुस्मा क्षेत्री टाउकोमा चोट अबस्था मध्यम ।
८) जिल्ला पर्वत मोदी गा.पा १ बस्ने बर्ष ४१ को गुरुदत्त शर्मा पौडेल टाउको र निधारमा चोट अबस्था मध्यम ।
९) जिल्ला म्याग्दी मंगला गा.पा २ बस्ने बर्ष १६ कि गिता जंजाली मगर टाउकोमा चोट अबस्था मध्यम ।
१०) जिल्ला म्याग्दी अन्नपूर्ण गा.पा १ बस्ने बर्ष १९ को कुशल अधिकारी शारिरको भित्री भागमा चोट अबस्था मध्यम, बयोधामा उपचार हुदै ।
११) जिल्ला पर्वत फलेवास न.पा बस्ने बर्ष अं.६३ कि हरिकला गौडेल घाँटीमा चोट अबस्था मध्यम, बयोधा ष्अगमा उपचार हुदै ।
१२) जिल्ला म्याग्दी अन्पुर्ण गा.पा ३ बस्ने बर्ष २२ कि अञ्जु राना मगर, टाउकोमा चोट अबस्था गम्भिर बयोधा ष्अगमा उपचार हुदै ।
१३) जिल्ला म्याग्दी गरुङ्गंगा गा.पा ७ बस्ने बर्ष २९ को प्रविन पुन टाउकोमा चोट अबस्था गम्भिर, बयोधा ष्अगमा उपचार हुदै ।
१४) जिल्ला म्याग्दी रघुगंगा ६ बस्ने बर्ष २३ कि रिना रानामगर टाउको र ढाडमा चोट अबस्था मध्यम, काठमाण्डौ मेडिसिटि ।
१५) जिल्ला काठमाण्डौ कृतिपुर न.पा ९ बस्ने बर्ष ५२ को खड्क कुमार श्रेष्ठ दाहिने खुट्टामा चोट अबस्था सामान्य काठमाण्डौ


डिस्चार्ज भएका घाईतेहरु ;
१६) सह चालक जिल्ला नुवाकोट बेलकोटगढी न.पा ६ बस्ने बर्ष ३४ को रोशन तामाङ सकुशल उद्वार गरी यस का.को नियन्त्रणमा ।
१७) जिल्ला बाग्लुङ गलकोट बस्ने बर्ष ६८ कि ज्ञानु बुढामगर आँखामा चोट अबस्था सामान्य डिस्चार्ज ।