Print

कुश्मामा यात्रु बहाक बसले पैदल यात्रुलाई ठक्कर दियो


६ भदौ, पर्वत । जिल्लाको कुश्मा नगरपालिका वडा न ६ साझा चोक नजिक यात्रुबहाक बसले एक पैदल यात्रुलाई ठक्कर दिएको छ । बुधवार साँझ लु २ ख २८५२ नम्बरको बसले यात्रुलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

बागलुङको गल्कोटबाट काठमाण्डौ हिडेको बसले सडकमा सवार यात्रुलाई ठक्कर दिएको हो । अन्दाजी ४५ बर्षिया पुरुष बसको ठक्करले घाईते भएका छन् । बसले ठक्कर दिएका यात्रुको पहिचान भने खुलेको छैन ।

गम्भिर चोट लागेका यात्रुलाइ उपचारका लागि पर्वत अस्पतालमा उपचार पछि पोखरा रिफर गरिएको छ । यात्रुलाई ठक्कर दिने वस र बसका सवारी चालक प्रहरी नियन्त्रणमा रहेको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ ।

घटनाको थप विवरण आउन बाँकी छ ।