Print

धादिङ बस दुर्घटना : मृतक मध्ये ३ जनाको सनाखत, पर्वतका १ जनाको मृत्यु,


६ भदौ, पर्वत । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका वडा नम्बर २ चालिसेमा बुधबार भएको बस दुर्घटनामा मृत्यु भएका मध्ये ३ जनाको परिचय खुलेको छ।

परिचय खुलेका मृतकमध्ये म्याग्दीको रघुगंगा गाउँपालिका ३ बस्ने ५० वर्षीय थानबहादुर भण्डारी, पर्वतको मोदी गाउँपालिका १ बस्ने १५ वर्षीया कृतिक शर्मा पौडेल, धादिङ गजुरी गाउँपालिका ८ बस्ने अन्दाजी २५ वर्षीय सविन रम्तेल रहेका इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।

कार्यालयका अनुसार अरु पाँच जनाको परिचय खुल्न बाँकी छ। १६ जना घाइतेमध्ये १४ जनालाई उपचारका लागि काठमाडौं रेफर गरिएको छ। ८ जनालाई गजुरी अस्पताल र ६ जनालाई प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा सामान्य उपचारपछि थप उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

एक जना घाइतेको टिचिङ अस्पताल मलेखुमा उपचार भइरहेको छ। एक जना गजुरी अस्पतालमा उपचारपछि डिस्चार्ज भएका छन्। सहचालक नुवाकोट बेलकोटगढी नगरपालिका ६ का ३४ वर्षीय रोशन तामाङको सकुशल उद्धार गरिएको प्रहरीले जानकारी दिएको छ।

काठमाडौंबाट म्याग्दी जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस बुधबार बिहान सवा ११ बजे सडकबाट त्रिशुली नदीमा खसेको थियो। थाहा खबरमा समाचार प्रकाशित छ