Print

गाउँपालिकाले दक्षिण कोरिया पठाईदिने कुरा हल्ला हो : विहादी गाउँपालिका


६ भदौ, पर्वत । विहादी गाउँपालिकाको पहलमा दक्षिण कोरिया कामदारहरु पठाउने हल्ला गरी युवा युवतीहरुलाई प्रलोभनमा पारिएको भन्दै गाउँपालिकाले त्यस्तो कार्य गाउँपालिकाले नगरेको स्पष्ट पारेको छ ।

गाउँपालिका अध्यक्ष प्रविन गुरुद्धारा जारी विज्ञप्तिमा गाउँपालिकाको पहलमा मौसमी तथा अन्य कामदारहरुलाई दक्षिण कोरिया पठाउने कार्य भईरहेको भन्ने कुरा भ्रामक हे हल्ला भएको कुरा उल्लेख गरिएको छ । गाउँपालिका अध्यक्ष गुरुङले जारी गरेका विज्ञप्तिमा यस्तो भ्रममा नपर्न युवा युवतीहरुलाई आग्रह समेत गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ : वैदेशिक रोजगारमीमा जान जाहने सम्पूर्ण विहादीबासी दाजुभाई तथा दिदिवहिनीहरुलाई समाजमा विभिन्न माध्यमबाट हुने यस्ता भ्रमपूर्ण समाचार, जानकारी तथा विज्ञापनको विश्वा नगर्नुहुन अनुरोध गरिन्छ ।

सामाजिक सञ्जाल तथा केहि ब्यक्तिहरुले गाउँपालिकाकै पहलमा दक्षिण कोरिया कामदार पठाउने हल्ला चलाए पछि गाउँपालिकाले विज्ञप्ति जारी गर्दै भनेको छ : यदी भविश्यमा विहादी गाउँपालिकाको पहलमा मौसमी कामदारको लागि वैदेशिक रोजगारीमा पठाउने कुनै ब्यवस्था भएमा यसै कार्यालयको वेवसाइट मार्फत सूचना प्रकाशन गरि जानकारी गराईने छ ।