१५ असार, पर्वत । जननेता मदन भण्डारीको जन्मजयतीको अवसरमा नेकपा एमालेले श्रमिक परिवारका बालबालिकालाई सहयोग गरेको छ । नेकपा एमाले जिल्ला कमिटि पर्वतले कुश्मा नगरपालिका वडा न १ मालढुंगामा रहेको श्रमिक आधारभूत विद्यालयमा पुगेर शैक्षिक सामाग्री वितरण गरी भण्डारीको सम्झना गरेको हो ।

एमाले जिल्ला अध्यक्ष राजु पौडेलको अध्यक्षतामा एक औपचारिक कार्यक्रमको आयोजना गरी शैक्षिक सामाग्री वितरण गरिएको सचिव गोविन्द पहाडीले जानकारी दिए । विद्यालयमा नै पुगेर बालबालिकालाई सामाग्री हस्तान्तरण गरिएको थियो ।
उपाध्यक्ष पदमपाणी शर्माले जननेता भण्डारीको स्मृतिमा श्रमिक बालबालिकासंग पुगिएको जानकारी दिए । तत्कालीन एमाले महासचिव भण्डारीको २०४९ सालमा संस्कास्पद जीप दुर्घटनामा मृत्यु भएको थियो ।




