Print

जलजलाको गाउँ सभा तनाबग्रस्त, प्रहरी परिचालन

१४ साउन, पर्वत । जलजला गाउँपालिकाको गाउँसभा तनावग्रस्त बनेको छ । अध्यक्ष राजुप्रसाद आचार्यले प्रहरी घेरा भित्र नीति तथा कार्यक्रम प्रस्तुत गर्नेक्रममा बहुमत नेकपा एमालेबाट निर्वाचित गाउँसभा सदस्यले अबरोध गरेपछि दुई पक्षबिच झडपको अवस्था निम्तिएको हो । नेकपा एमालेबाट निर्वाचित सदस्यले प्रहरी घेरा भित्र गरिएको गाउँ सभा प्रति आापत्ति जनाउँदै माइक खोस्ने प्रयास गर्दै नाराबाजी गरेका छन् ।


कार्यपालिका वैठकबाट अनुमोदन विना नै गाउँ सभा गर्न लागिएको भन्दै बहुमत गाउँ सभा सदस्यहरुले विरोध जनाएका छन् ।
गाउँपालिकाले यही असार १० गते नीति, तथा कार्यक्रम र बजेट ल्याउनेगरी गाउँसभाको बैठक आब्हान भएको थियो तर बहुमत गाउँसभाका सदस्य उपस्थित नभएपछि जलजला गाउँपालिकाले असार १२ गते बैठक आब्हान गरेको थियो । वैठकहरुमा निरन्तर सहमती जुटन नसकेपछि गाउँ पालिका अध्यक्ष र उपाध्यक्षले नियमानुसार कारबाही प्रक्रिया अघि बढाउन खोजेका छन् भने बहुमत सदस्यहरुले सर्वसहमत निर्णय हुनु्पर्ने अडान राख्दै आइरहेका छन् ।


बहुमत सदस्यहरुले आर्थिक बर्ष ०७९।८० को यथार्थ आय व्यय सार्वजनिक नगरेको र प्रक्रिया नै पुरा नगरी सभा सञ्चालन गर्न खोजेको भन्दै विरोध जनाएका थिए । कार्यपालिका सदस्यहरुको विरोधका बाबजुद सभा सञ्चालन गरेर नीति तथा कार्यक्रम प्रस्तुत गर्न खोजेपछि एमालेसम्बद्ध सदस्यहरुले विरोध जनाएका हुन् ।

कार्यपालिका वैठकबाट अनुमोदन विना नै गाउँ सभामा बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गर्न खोजिएको भन्दै बहुमत सदस्यहरुले विरोध जनाउँदै आएका छन् । १ दर्जन बढि बुँदाहरुमा आफ्ना असमतीहरु सार्वजनिक गर्दै बहुमत सदस्यहरुले वैठकहरुको निर्णय विना नेतृत्व एक्लौटि ढङगले अघि बढ्न खोजेको आरोप लगाएका छन् ।


प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद आचार्यले गाउँ सभामा प्रहरी प्रवेश नगरेको दावी गरे । उनले शान्ति सुरक्षाको लागि ढोकमा बस्न निर्देशन दिइएको र अप्रिय घटना रोक्ने प्रयास मात्र प्रहरीले गरेको उनले जानकारी दिए ।


प्रहरी सभा स्थलमा प्रबेश गरेको सन्दर्भमा पर्वत जिल्लाका प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपानेले बढी नै तनाबग्रस्त भएपछि सामन्य पार्नका लागि प्रहरीले सहजिकरण गरेको बताए । उनले भौतिक क्षति मात्रै नभई मानवीय क्षति समेत हुने अवस्था सिर्जना भएपछि प्रहरीले समन्वय गरेको जानकारी दिए ।