२५ जेठ, पर्वत । नेकपा एमालेले जिम्मेवारी फेरबदल गरेको छ । केन्द्रिय सचिवालयको वैठकले केन्द्रिय कमिटिको निर्णयअनुसार जिम्मेवारमा फेरबदल गरेको हो । एमाले सचिवालय वैठकले पर्वत जिल्ला इन्चार्जको रुपमा एमाले स्थायी कमिटि सदस्य श्रीमान थकालीलाई जिम्मेवारी दिएको हो ।
मुस्ताङ जिल्ला घर भएकी थकाली संविधान सभाको सांसद समेत हुन् । यस अघि एमाले केन्द्रिय सदस्य कल्पना चापागाई इन्चार्ज रहेको एमालेमा चापागाईलाई प्रदेश सभा २ क्षेत्रका पालिकाहरुको इन्चार्जको जिम्मेवारी दिइएको छ ।
परिर्वतीत जिम्मेवारी अनुसार चापागाई फलेवास नगरपालिका, विहादी गाउँपालिका, महाशिला गाउँपालिका र पैयू गाउँपालिकाको इन्चार्ज जिम्मेवारी प्रदान गरिएको छ । एमाले प्रमुख सचेतक तथा केन्द्रिय सदस्य पदम गिरीलाई भने कुश्मा नगरपालिका, मोदी गाउँपालिका र जलजला गाउँपालिकाको इन्चार्ज तोकिएको छ । गिरी पूर्व स्वास्थ्य मन्त्री हुन् ।





