Print

भवानी विद्यापिठको ७० बार्षिकोत्सव कार्यक्रम सम्पन्न


१ जेठ, पर्वत । जिल्लाको सवैभन्दा पुरानो मध्येको फलेवास नगरपालिका वडा न ५ खानीगाउँमा रहेको भवानी विद्यापीठको ७० औं बार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । बार्षिकोत्सव तथा अभिावक भेलाको एमाले प्रमुख सचेतक तथा पूर्व स्वास्थ्य मन्त्री पदम गिरीले उद्घाटन गरे ।


कार्यक्रमको उद्घाटन गर्दै सांसद गिरीले प्रविधियुक्त शिक्षा आजको आवश्यकता रहेको औल्याए । पुरानो शिक्षा प्रणालीले रोजगारी सृजना गर्न नसकेको भन्दै सीपमूलक शिक्षाको विकास गर्नुपर्ने धारणा राखे । उनले सामुदायिक विद्यालयहरुमा विद्यार्थीको संख्या घट्दै जानुमा भाषा शिक्षाको समेत समस्या भएको भन्दै गुणस्तरीय शिक्षा प्रदान गर्ने कार्यमा सवै शिक्षक, अभिभावकको समान दायित्व रहेको बताए ।


सरकारले निशुल्क शिक्षाको ब्यवस्था गरे पनि अधिकांश अभिभावकले नीजि विद्यालयहरुमा महंगो शु्ल्कमा आफ्ना बालबालिका पढाउन बाध्य रहेको भन्दै सांसद गिरीले सामुदायिक विद्यालयमा सुधार हुनुपर्ने धारणा राखे ।


कार्यक्रममा संविधान सभाका सदस्य तथा पूर्व मन्त्री विकास लम्साल, प्र्रदेश सभा सदस्य मित्रलाल बस्याल, फलेवास नगरपालिकाका नगरप्रमुख गंगाधर तिवारी, फलेवास नगरपालिकाका पूर्व प्रमुख पदमपाणी शर्मा लगाएतले बार्षिकोत्सव कार्यक्रममा शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।