Print

पर्वतमा मनाईयो मदन–आश्रित स्मृति दिवस


३ जेठ, पर्वत । नेकपा एमालेले पर्वतले मदन आश्रित स्मृति दिवस मनाएको छ । एमाले पाटी कार्यालयमा आयोजीत एक कार्यक्रमका वीच जननेता मदन भण्डारी र जीवराज आश्रितको स्मृति दिवस मनाएको हो । एमाले पाटी कार्यालयमा आयोजीत कार्यक्रम पछि एमालेले जिल्ला कारागारका कैन्दी बन्दीहरुको लागि खेलकुद सामाग्री समेत उपलब्ध गराएका थियो ।

पाटी कार्यालयमा आयोजीत कार्यक्रममा सहभागीहरुले एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको तस्विरमा माल्र्यापण गरेका थिए ।

एमाले जिल्ला अध्यक्ष राजु पौडेल उपाध्यक्ष पदमपाणी शर्मा, सचिव गोविन्द पहाडी लगाएत उपस्थित एमाले कार्यकर्ताहरुले मृतक भण्डारी र आश्रीतको कम्युनिष्ट पाटीमा खेलेको योगदानको उच्च कदर गरेका थिए ।

मदन भण्डारी र जीवराज आश्रितको २०४९ सालमा रहस्यमय जीप दुुर्घटनामा मृत्यु भएको थियो ।