Print

विभिन्न कार्यक्रम गरी अखिल र युवा संघले पर्वतमा स्थापना दिवस मनाए


१ वैशाख, पर्वत । अनेरास्वीयू र युवा संघ नेपालले पर्वतमा आफ्नो संगठनको स्थापना दिवस मनाएको छन् । दुई संगठनले फरक फरक कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाएका हुन् ।


युवा संघ नेपालले जिल्लाको मोदीवेणी धाममा सरसफाई तथा आश्रममा वसेका बृद्धबद्धाहरुलाई खाद्यन्न सामाग्री वितरण गरेको थियो । पवित्र मोदीवेणीधाम पछिल्लो समय फोहोर र दुर्गन्धीत बन्दै गएकाले युवा संघले मोदीवेणीघाटमा सरसफाई कार्यक्रमको आयोजना गरेको हो । युवा संघ जिल्ला अध्यक्ष तथा केन्द्रिय सदस्य सुनिल बाँनियाले युवासंघको स्थापना दिवसको अवसरमा सामाजिक कार्यमा युवाहरु सक्रिय रहेको जानकारी दिए । उनले एक दिनका लागि भएपनि आश्रममा रहेका बृद्ध बुवा आमाको लागि आफूहरु छोराछोरी बन्नकै लागि भएपनि खाद्यन्न सामाग्री प्रदान गरेको जानकारी दिए ।


कार्यक्रममा युवा संघका केन्द्रिय सदस्यहरु अर्जुन पौडेल निर्जन, थमनारायण पौडेल, सुस्मिता गुरुङ तथा अनेरास्वीयूका विद्यार्थी नेताहरुको सहभागीता थियो ।


यसैगरी अनेरास्वीयूले भने पर्वत जिल्ला अस्पतालका विरामीहरुलाई फलफुल वितरण गरी उनीहरुका स्वास्थ्य लाभको कामना गरी स्थापना दिवस मनाएको छ । अस्पतालका रहेका विरामीरुलाई फलफुल वितरण कार्यक्रममा नेकपा एमाले प्रदेश सचिवालय सदस्य मेघनाथ सुवेदी, जिल्ला अध्यक्ष राजु पौडेल, अस्पताल विकास समितिका अध्यक्ष शंकर गिरी लगाएतको सहभागीता रहेको थियो ।


यसैगरी युवा संघ नेपालले स्थापना दिवसकै अवसर पारेर एमाले जिल्ला पाटी कार्यालय परिसरमा अहिले दिप प्रज्वलन गरेको छ ।